कार्यालयद्वारा माध्यमिक शिक्षा परिक्षामा उत्र्रिणलाई बधाई

बागलुङ, १४ असार
बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर– ७ रेश स्थित रेशनुनथला माविबाट गतवर्षको माध्यमिक शिक्षा परिक्षामा उत्र्रिण विद्यार्थीलाई सम्मान गरिएको छ ।
वडा कार्यालय रेशको आयोजनामा भएको कार्यक्रममा एसईई परिक्षामा उत्र्रिण ६० जना विद्यार्थीलाई सम्मान तथा बधाई ज्ञापन गरिएको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यार्थीहरुले आफ्नो क्षमता अनुसार उच्च शिक्षाको बाटो रोज्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा काठेखोला गाउँकार्यापालिका सदस्य चित्रकला छन्त्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि कार्की, शिक्षक हरि कँुवर लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम वडा अध्यक्ष प्रेम छामिछानेको अध्यक्षता र प्रधानध्यापक ओमबहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।