
बागलुङ, १३ असार
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँमा चट्यान लागेर एक युवाको मृत्यु भएको छ ।
घरमा बसेको अवस्थामा अकस्मात सोमबार साँझ परेको चट्यान लागेर साविकको विहुँ–४ का २३ वर्षिय जगदिश कँडेलको मृत्यु भएको हो । मृतक कँडेल जगनाथ कँडेलका छोरा भएको बताइएको छ ।
कोठामा बसी अवस्थामा चट्यान लागेर घाईते भएका कँडेललाई उपचारको लागि धौलागिरी अंचल अस्पताल बागलुङ ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक खर्गनारायण शाहले जानकारी दिनुभयो । कँडेलको मंगलबार पोष्र्टमार्टम गरी संस्कार अनुसार अन्त्योष्टि गरिएको बताइएको छ ।









