अमित कंडेल
बागलुङ, १० असार
बागलुङको काठेखोला गाउपालिका ५ विहुँ पोखारामा प्रन्धौँ बेल्ट टेष्ट तथा दोस्रो व्ल्याक बेल्ट वितरण गरिएको छ ।
विहुँकोट कराते डोजोको आयोजनामा शुक्रावार ५ जनालाई बेल्ट वितरण गरिएको हो ।
कार्यक्रममा जिल्ला कराते डोजो बागलुङका प्रशिक्षक धनराज महर्जनले खेलाडीको प्रोत्साहनका लागि यस्ता कार्यक्रमले थप टेवा पु¥याउनुका साथै राष्ट्रका गहनाका रुपमा रहेका खेलाडीलाई राज्यले पनि संरक्षण गर्नुपर्नमा जोडदिनुभयो ।
सोही अवसरमा विहूँकोट कराते डोजोका प्रशिक्षक कृष्णप्रसाद कडेल, सल्लाहकार कृत्रि राई लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले विहँुकोट खेल र खेलाडीको बलियो सम्भावना भएता पनि सरोकारवालाको त्यत्ति चासो नहुँदा विकास हुन नसकेको बताएका थिए ।
अमित कंडेलले स्वागत गर्नुभएको कार्यक्रमको संचालन खेलाडी सन्तोष पुनले गर्नुभएको थियो ।
विहँुमा जम्मा ७० जना कराते खेलाडी छन भने पहिलो चरणमा २ जना लाई बेल्ट हस्तान्तरण गरेको बताईएको छ ।









