
बागलुङ, ८ असार
कालिका भगवती मन्दिर बागलुङलाई धार्मिक पर्यटन तथा वन्यजन्तु अवलोकन क्षेत्र निर्माणको लागि तीन सदस्य अध्ययन समिति गठन गरिएको छ ।
मन्दिर क्षेत्रभित्र वन्यजन्तु संरक्षण गरी अध्ययन गर्ने उद्देश्यले विहिबार सम्पन्न जिल्ला स्थित सरोकारावाला पक्षको सहमति अनुसार कालीकाभगवती गुठीको संयोकत्वमा जिल्ला वन कार्यालय र ढोरपाटन शिकार आरक्षण केन्द्र सदस्य रहने गरी समिति गठन गरिएको हो ।
तत्कालको लागि मन्दिर परिषसरको जंगलमा उपयुक्त हुने चरा प्रजाति र मांसाहारी प्रजातिका जनावर राख्नको लागि सम्भावित अध्ययन गरी एक महिना भित्र प्रतिवेदन पेस गर्ने सहमति भएको कालीका भगवती गुठी व्यवस्थापन समितिका प्रचार समिति सदस्य राजेशचन्द्र राजभण्डारीले जानकारी दिनुभयो ।
कालिका भगवती मन्दिर ब्यबस्थापन समिति बागलुङको आयोजनामा भएको बैठकमा जिल्ला समन्वय समिति बागलुङ नगरपालिका जिल्ला बन कार्यालय ढोरपाटन शिकार आरक्ष कार्यालयका सरोकारवालाले कालिका मन्दिरको जंगल लाई थप आकर्षित गर्न पंन्छि चरा चुरूंगि राख्न अध्ययन अबलोकन गरि राख्ने बाताबरण बनाउने सहमति भएको कालिका भगवती मन्दिर ब्यबस्था समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो ।
बैठकमा बागलुङ नगरपालिका प्रमुख जनक राज पौडेल स्थानीय बिकास अधिकारी रामप्रसाद आचार्य बागलुङ नगरपालिका कार्यालयका योजना तथा प्रशासकीय अधिकृत युक्त प्रसाद सुवेदी ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख अर नाथ बराल जिल्ला बन कार्यालयका राम बहादुर बिकले बन्यजन्तु पार्कको विषयमा आफ्नो धारण राख्नुभएको थियो ।









