बागलुङ, ६ असार
बागलुङ नगरपालिका–५ मालिकामा मंगलबार महिला सशक्तिकरण एवं क्षमता विकास अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
वडा स्तरीय महिला संजालको आयोजना र वडा कार्यालयको व्यवस्थापनमा तालिम सम्पन्न भएको हो । उदघाटन कार्यक्रममा बोल्दै पूर्वऊर्जा राज्यमन्त्री रामजीप्रसाद शर्माले महिला सशक्तिकरणबाट मात्रै सभ्य र शिक्षीत समाजको परिकल्पना साहाकर हुने बताउनुभयो ।
तालिममा महिला अधिकार, कानुनी साक्षरता, प्रजनन स्वास्थ्य तथा अर्थिक सशक्तिकरणको विषयमा महिला अधिकारीकर्मी ममतादेवी शर्माले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा बानपा–५ का वडा अध्यक्ष शिवप्रसाद शर्मा, जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ट जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारी, नेपाली काग्रेसका वडा सभापति फूलप्रसाद सापकोटा, नेकपा एमाले वडा अध्यक्ष गोविन्द सापकोटा, गैरसरकारी संस्था महासंघका अध्यक्ष मुक्तिराम सापकोटा, मालिकाका पूर्वजनप्रतिनिधि कृष्णराज शर्मा लगायतले बोल्नुभएको थियो ।
सो अवसरमा गर्भवती आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याउनको लागि मोवाईल एसएमएस सेवालाई निरन्तरता प्रदान गर्नको लागि महिला संजालले मालिका स्वास्थ्य चौकिलाई ५० हजार रुपियाँ प्रदान गरेको थियो । त्यस्तै वडाभित्र रहेको १६ जना महिला स्वास्थ्य स्वयसेविलाई नगद सहित सम्मान गएिको धनश्याम सापकोटाले जानकारी दिनुभएको छ ।
त्यस्तै संजालले बानपा–५ लोसे निवासी सर्पको टोकाईबाट निधन भएका ऋतु रेग्मीको परिवारलाई ८ हजार रुपैयाँ प्रदान गरिएको थियो । कार्यक्रम महिला संजालकी अध्यक्ष रेणु पन्तको अध्यक्षता र वडा सचिव नारायणप्रसाद शर्माको स्वागत र कोपिला खरेल सापकोटाको संचालमा सम्पन्न भएको थियो ।









