मालिका सेवा समाज बागलुङद्धारा पत्रकार आचार्य सम्मानित

बागलुङ,४ असार
बागलुङमा एक दशदेखी क्रियाशिल पत्रकार सुवास आचार्य सम्मानीत हुनु भएको छ ।
मालिका सेवा समाज बागलुङको प्रथम साधरणसभा तथा अधिवेशनको अवसरमा लामो समय देखी पत्रकारीता क्षेत्रमा क्रियाशिल रही समाज सुशुचित गर्न महत्वपुर्ण योगदान पु¥याएको भन्दै पत्रकार आचार्यलाई सम्मान गरेको हो ।
मालिका सेवा समाजका अध्यक्ष दुर्गावहादुर कुवर र संरक्षक तथा पुर्व उर्जा राज्यमन्त्री रामजिप्रसाद शर्माले दोसल्ला र सम्मान पत्रले सम्मान गर्नु भएको थियो ।
आचार्य धौलागिरी टेलिभिजनको समाचार प्रमुख र माउण्टेन टेलिभिजनको जिल्ला सम्वाददाताका रुपमा काम गरी रहनु भएको छ । उहा नेपाल पत्रकार महासंघ बागलुङको सहसचिव हुनुहुन्छ ।
पत्रकार आचार्यले सम्मानले आफुलाई पत्रकारीतामा थप उर्जा सृजना गरेको वताउदै सव्य समाज निर्माणमको पहलमा कलम चलाउने खवर वे लाई जानकारी दिनुभएको छ ।