दलित समुदायले निर्माण गरे आफ्नै पहलमा भगवति मन्दिर

बागलुङ, ३ असार
जातिय विभेदको कारण सार्वजनिक मन्दिरमा पूजा गर्न नपाए पछि बागलुङ काठेखोला–२ भीमापोखराका दलित समुदायले आफ्नै पहलमा भगवति मन्दिर निर्माण गरेका छन ।
भीमापोखरा चरिपा स्थित दलित समुदायका १२ घर परिवारले एक लाख २० हजार रुपैया लागतमा दुर्गा भगवतीको मन्दिर निर्माण गरेका छन ।
वडा भित्र रहेका विभिन्न मठमन्दिरमा आफ्नो समुदायले सहज पूजा गर्ने अवस्था नभए पछि आफ्नै ठाउँमा मन्दिर निर्माण गरेको निर्माण समितिका अध्यक्ष यामबहादुर किसानले बताउनुभयो ।
मन्दिरको उद्घाटन वडा अध्यक्ष विद्यामपति शर्माले गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै अध्यक्ष शर्माले समाजमा व्याप्त जातिय विभेदलाई न्युनिकरण गर्न पहल गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा समाजसेवी डिल्लीराज गौतम, भीमापोखरा युवा क्लवका अध्यक्ष कार्यवहाक मणीभद्र शर्मा , जनकल्याण माविका प्रधानध्यापक लिलाराम सापकोटा, प्रेमबहादुर मल्ल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम यामबहादुर किसानको अध्यक्षता, पम्फा किसानको स्वागत र अनिता किसानको संचालनमा सम्पन्न भएको थियो ।