
सुष्मा सुनार
गलकोट, २ असार
गलकोट नगरपालिका वडा नम्बर १ का नवनिर्वाचित अध्यक्ष नेत्र बुढाथोकिले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि शिक्षक, अभिभावकको भुमिका महत्वपुर्ण हुने बताउनुभएको छ ।
सरस्वती माद्यामिक बिद्यालय गलकोट नगरपालिका वाड नम्बर १ ले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा नवनिर्वाचित अध्यक्ष बुढाथाकिले यस्तो बताउनुभएको हो । बुढाथोकिले राज्यले सबै भन्दा बढि लगानी शिक्षामा गरेकाले स्थानीय स्तरमा शिक्षाको गुणस्तर वृद्धि अभिभावकले आफ्नो सन्तानको नियमित अनुगमन गर्नुपर्नेमा जोडदिनुभयो ।
साथै समग्र दुदिलाभाटीको आर्थिक, भौतिक, सांस्कृतिक विकासका प्रवद्धन तथा संरक्षणमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
नवनिर्वाचित जनप्रतिनिधिहरुलाई खादा तथा अविर तथा फुल मालाले सम्मान गरिएको शिक्षक रामचन्द्र आचार्यले जानकारी दिनुभएको छ ।
कार्यक्रममा नयाँ शक्ति नेपाल गलकोट नगर इन्चार्ज बम बहादुर गुरुङ, नेकपा एमाले दुदिलाभाटीका अध्यक्ष भिम बहादुर भण्डारी, राष्ट्रिय जनमोर्चाकातिल बहादुर गुरुङ लगायतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम स्थानीय डिल बहादुर काउचाको अध्यक्षता, सरस्वती माविका प्रध्यानाध्यापक भिम प्रसाद पुनको स्वागत र शिक्षक गणेश भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो । गत
गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दुदिलाभाटीबाट राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको सयुक्त विजयी भएको थियो ।









