बागलुङ, १ असार
बागलुङ नगरपालिका ६ लहरेपिपल माविमा जेष्ठ नगरिक, एकल महिला तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ ।
ज्ञामलाल, लालबहादुर गम्भिरा स्मृति पुरस्कार कोष बानपा ६ लहरेपिपल माविले बुधवार विविध छात्रवृत्ति तथा पुरस्कार सहित सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै बानपा ६ का नवनिर्वाचित अध्यक्ष खेमराज सापकोटाले विद्यालय स्थापनी गरिएको कोषले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्नुका साथै विद्यालयको आर्थिक, भौतिक तथा शैक्षिक गुणस्तर वृद्धि गर्न टेवा पु¥याउने बताउनुभयो ।
सोही अवसरमा लहरेपिपल माविका पूर्व प्रधानध्यापक मानबहादुर केसि, विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य पदममाणि शर्मा, विद्यार्थीहरुको तर्फबाट देवी सापकोटा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालयको शैक्षिक वातावरण सुढृकीकरण हुनुका साथै विद्यार्थीहरुको पठनपाठन सहजता आउने बताएका थिए ।
सोही अनुसार सृजनशील तथा जेहेन्दार छात्रवृत्ति १३ जनालाई प्रतिव्यक्ति ३५ सय, विपन्न लक्षित छात्रवृत्ति ६ जनालाई प्रतिव्यक्ति १५ सय, एक जना जेष्ठ नागरिक २५ सय, एकल महिला समुदाय दलित, जनजाति र अन्य गरि ३ जनालाई प्रतिव्यक्ति २ हजारका दरले बितरण गरिएको कोषका अध्यक्ष डिलबहादुर थापाले जानकारी दिनुभयो ।
कार्यक्रम ज्ञामलाल, लालबहादुर गम्भिरा स्मृति पुरस्कार कोषका अध्यक्ष डिलबहादुर थापाको अध्यक्षता, विद्यालयका प्रधानध्यापक कृष्णप्रसाद सुवेदीको स्वागत र शिक्षक बालकृष्ण आचार्यको संचालनमा सम्पन्न भएको थियो ।
विस २०६९ सालमा ५ लाख स्थापना भएको उक्तकोष बाट विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरु, जेष्ठ नगरिकहरुलाई सम्मान गर्दै आएको छ ।









