
अर्जुन कार्की
बागलुङ, ३० जेठ
बागलुङ बजारको एक मात्र खेल मैदान बाङ्गेचौर खेल मैदानमा आज बागलुङ जिल्ला लिग फुटबलको उपाधिको लागि चिल्ड्र्न लाईफ स्पोर्टस् क्लब र फ्युचर स्पोर्टस् क्लब विच प्रतिस्पर्धा हुनेछ ।
आज दिउँसो १ बजेदेखि हुने उक्त फाइनल खेलमा कस्ले जित्ला त ? भनेर अहिले जिल्लाका सवै खेलप्रमिहरुको ध्यान जिल्ला लिग तर्फ आकर्षण बनेको छ ।
लिगको समुह चरणदेखि नै दुवै टोलीले आफुलाई अब्बल ठराउँदै कुनै पनि खेलमा पराजित नभई फाइनलमा प्रवेश गरेका हुन । जिल्ला लिगको खेल सुरुवात देखि जिल्लाका फुटबल प्रेमिहरुले अहिलेको जिल्ला लिग दुवै टोली मध्ये एकले जित्ने अड्कल काँटदै आएका थिए ।
अहिले स्कुल फुटबल देखि क्लब फुटबल सम्म फ्युचर ब्राईटर बोडिङ्गको फ्युचर स्पोर्टस् क्लब र चिल्ड्रेन लाईफ बोडिङ्ग स्कुलको चिल्ड्रेन लाइफ स्पोर्टस् क्लब विच कडा प्रतिस्पर्धा हुने गरेको छ । जिल्लामा फुटबलमा धेरै लगानी गर्ने र खेलाडीहरु उत्पादन गर्नेमा पनि अहिले दुवै टिम अगाडी देखिएका छन् ।
चिल्ड्रेन लाईफले पहिलेदेखि नै फुटबलमा लगानी गरेको थियो भने फ्युचरले खेलमा लगानी गरेर फुटबलको उपाधिको लागि टक्कर दिन लागेको १ वर्ष मात्र भएको छ ।
जिल्ला लिगको समुह ‘क’देखि चिल्ड्रेन लाईफ र समुह ‘ख’देखि फ्यचुर समुह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका थिए ।
सेमिफाइनलमा पनि दुवै टोलीले आफ्ना प्रतिस्पर्धीहरुलाई राम्रो मुभ गराउन दिएका थिएनन् । सेमिफाइनलमा चिल्ड्रेन लाईफले रसआवर फुटसल बागलुङलाई ५–० गोलअन्तर र फ्यचुरले रुद्रेपिपल युवा क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन ।
जिल्ला लिगमा बाहिरी जिल्लाका ४ जना खेलाडीहरु राख्न पाउने व्यवस्था गरिएपछि दुवै टिममा ४ जना खेलाडीहरु बाहिरी जिल्लाका राखेर खेलि रहेका छन् । चिल्ड्रेन लाईफले डिफेण्डर, मिडफिल्डर र स्ट्राईकरमा बाहिरी जिल्लाका खेलाडी राखेको छभने फ्युचरले गोलकिपर, डिफण्डेर, मिडफिल्डर र स्ट्राईकरमा बाहिरी जिल्लाका खेलाडीहरु प्रयोग गरेको छ । दुवै टिमले एन्फामा खेली सकेका खेलाडीहरु प्रयोग गरेका छन् ।
आजको फाइनलमा खेलमा दुवै टिमले हालैमात्र काँठमाडौंमा समापन भएको यु १८ ललित स्मृति लिग फुटबलमा फ्रेण्ड्स क्लबबाट खेली सेकेका खेलाडीहरुलाई मैदानमा उतारने बताएका छन् ।
समग्रमा दुवै टिमको खेल हेर्दा दुवै टिम उत्कृष्ट देखिएका छन् र आजको फाइनलमा खेल कस्ले जित्ला भनेर अड्कल गर्न धेरै मुस्किल छ ।









