
नवीन शिशिर
बागलुङ, ३० जेठ
स्थानीय निकायको गठन पछि जिल्लाको विभिन्न ग्रामिण बस्तिका जग्गाले मूल्य पाउन थालेका छन ।
सेवा सुविधा गाउँकेन्द्रित हुने भए पनि नगरपालिका र गाउँपालिका छेउछाउका जग्गाको मूल्य समेत वृद्धि भएको हो । नगरपालिकाको केन्द्र मझुवाफाँट भएपछि गल्कोट नगरपालिकामा घडेरी खरिद गर्नेको संख्यामा बृद्धि भएको स्थानीय बालकृष्ण सुवेदीले जानकारी दिए । गल्कोट भेगको सबैभन्दा ठुलो गलकोट नगरपालिका वडा नम्बर ६ को मजुवा फांटमा नगरपालिकाको केन्द्र भएका कारण जग्गाको कारोबार बढ्दो क्रममा रहेको छ ।
भुकम्प, बाढिपहिरो लगायतबाट मझुवा फाट सुरक्षित भएको भन्दै घडेरी खरिद गरि तिब्र रुपमा घर बनाउने कार्य चलिरहेको घर जग्गा ब्याबसायी हर्क बहादुर पाण्डेले बताए । मजुवामा घडेरी किन्नेको आकर्षण पहिला देखिनै भएपनी नगरपालिका केन्द्र भएपछि मूल्य पनी बढेको र आकर्षण पनी बढेको पाण्डेले बताए ।
सो क्षेत्रमा बर्षेनी २० देखि २५ नयाँ घरहरु निर्माण भएकोमा सो संख्या अब बढने पाण्डेको भनाई छ । नगरपालिकाको केन्द्र र गौदीखोलामा मोटरएवल पुल निर्माण हुने क्रम सुरु भएपछि उक्त ठाउमा जग्गा धनिहरुले घडेरीहरुको मुख्य अझै बढ्न सक्ने भन्दै प्रतिक्षा गरेका छन । त्यस्तै पछि घडेरीको मुख्य बढ्न सक्ने भन्दै कतिपयले भने खरिद गर्न थालेका छन । १ मुरी धान फलने खेतलाई लाखौ रूपया पर्ने भयपछि खेतधनि हरु पनी पलटींङ गरेर जग्गा बेच्न थालेका छन ।
५ र ७ बर्ष अघि सम्म १ मुरी धान फल्ने खेतको मूल्य ६० र ७० हजार मात्रै रहेपनी अहिले १ हात जमीनको मूल्य ३ लाख ५० हजार देखि माथि पर्ने गरेको स्थानीय बताउछन । यस क्षेत्रमा बर्षेनी ६० र ७० ओटा घडेरीको कारोबार हुने गरेको छ ।
गलकोट क्षेत्रबाट जापान,अमेरिका, कोरिया लगायत का मुलुकमा पुगेको र उनिहरुले कमाएकोे रकम यतिबेला घर जग्गामा नै लगानी गर्ने क्रम बढेको छ । पछिल्लो समय मजुवा क्षेत्रमा हटिया ,मल्म,हरिचौर ,नरेठाटी ,हिल,अर्गल र ताराखोला का मानिसहरु समेत घडेरीमा लगानी गरिरहेका छन ।
बागलुङमा ४ नगरपालिका र ६ गाउँपालिका रहेका छन । सो नगर र गाउँपालिका आसपासमा पनि जग्गाको मूल्य वृद्धि हुँदै गएको काठेखोला गाउँपालिका २ का खिम कार्कीले जानकारी दिए ।









