भगत सर्वजित विश्वकर्मा प्रतिष्ठानको साधरणसभा तथा अधिवेशन

बागलुङ, २७ जेष्ठ
भगत सर्वजित विश्वकर्मा प्रतिष्ठान बागलुङको प्रथम साधरण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनको उदघाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले भगतसर्वजित विश्वकर्मा समाज सुधार अभियान्त भएकाले विश्वकर्माको सम्मानको लागि समाजका भएको विभेदको अन्त्य हुनुपर्ने बताउनुभएको थियो ।
सोही अवसरमा प्रहरी उपरिक्षक चन्द्रकुवेर खापुङ, नेपाल दलित तथा साहित्य प्रतिष्ठानका अध्यक्ष नरेन्द्र बराइली, सुन चादी व्यवसायी महासंघ केन्द्रिय सदस्य निर्माण विश्वकर्मा, बागलुङ नगरकार्यपालिका सदस्यद्धय लक्ष्मी बोहरा, नविन किसान, नगर सदस्य सुरेस बोसेल, दलित युवा संजाल बागलुङका अध्यक्ष राजकुमार बोसेल, मिजार समाज बागलुङका अध्यक्ष रणबहादुर थापा बोहरा, दलित महिला विकास केन्द्रकी सुजता नेपाली, सुनचादीँ व्यवसायी संघ बागलुङका सल्लाहकार बावुवराम विश्वकर्मा लगायतले शुभकामना मन्तव्य बोल्नुभएको थियो ।
कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरु तथा भगत सर्वजित विश्वकर्मा प्रतिष्ठानको लागि देशविदेश आर्थिक सहयोग गर्ने व्यक्तिहरुलाई स्वागत तथा सम्मान गरिएको थियो ।
भगत सर्वजित विश्वकर्मा प्रतिष्ठान बागलुङका कार्यवहाक अध्यक्ष ओमबहादुर सुनारको अध्यक्षता, उपाध्यक्ष रामकृष्ण विश्वकर्माको स्वागत र सहसचिव पशुराम विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।
अधिवेशनले ओमबहादुर सुनारको अध्यक्षतामा १९ सदस्यीय भगत सर्वजित विश्वकर्मा प्रतिष्ठान बागलुङ गठन गरेको छ ।
रामकृष्ण विश्वकर्मा बरिष्ठ उपाध्यक्ष, लक्ष्मी बोहरा र मनकाजी विश्वर्मा उपाध्यक्ष त्यस्तै समितिको सचिवमा पशुराम विश्वकर्मा, सहसचिव सुजन परियार र कोषाध्यक्ष सुजाता नेपाली चयन हुनुभएको छ ।