
बागलुङ, २६ जेठ
काँठेखोला गाउँपालिका वडा नम्बर ५ विहुँमा १८ औं विश्व बातावरण दिवसको अवसरपारी शुक्रबार सचेतना मुलक ¥याली तथा विशेष कार्यक्रम गरिएको छ ।
पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना बागलुङ र अमर प्रा.वि.को संयुक्त आयोजनामा भएको ¥यालीले गाउँ परिक्रमा गरी कोण सभामा परिणत भएको थियो ।
कार्यक्रममा बोल्दै पूर्व सांसद गोविन्द प्रसाद कंडेलले वातावरणमा आश्रित सम्पूर्ण जिवको अस्थित्व संरक्षणको लागि वातावरणको संरक्षण र विकास गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा स्थानीय टिकाराम कंडेल, रनमाया कंडेल, अमर प्राविका प्रधानाध्यापक जगन्नाथ कंडेल, पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाका स्वास्थ्य प्राविधिक मेनुका पुनले बोलेका थिए ।
अमर प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बहादुर कंडेलको अध्यक्षता, स्थानीय टिकाराम कंडेलको स्वागत र पशुपति निउरेको संचालनमा सम्पन्न भएको थियो ।









