प्रजिअ पाण्डेलाई निजामती कर्मचारी संगठनको विदाई

बागलुङ, २३ जेठ
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति बागलुङले जिल्लाबाट सरुवा भई जान लागेका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेलाई मंगलबार विदाई गरेको छ ।
जिल्लामा १५ महिना जिल्ला प्रशासन कार्यालयको प्रमुख भई काम गरी गृह मन्त्रालयमा सरुवा भई जान लागेका पाण्डेलाई संगठनले एक कार्यक्रमका विच विदाई गरेको हो ।
विदाई कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्लामा रहँदा नागरिकहरुको सेवा प्रवाहमा काम गर्नको लागि संगठनले सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नु भएको थियो । उहाँले नागरिकहरुलाई सरल र सहज रुपमा सेवा प्रदान गर्नको लागि आफ्नो काममा संगठनले सधै सहयोग गरेको बताउँदै सवै कर्मचारीहरुलाई नागरिकहरुलाई सहज रुपमा सेवा प्रदान गरिराख्नको लागि आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्ष घनश्याम सापकोटा र केन्द्रीय सदस्य तेज प्रसाद निउरेले विदाई मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सोही अवसरमा संगठनले डिभिजन सहकारी कार्यालय बागलुङमा नयाँ नियुक्ति लिनुभएका सहायक कम्प्युटर उपरेटर शम्भु कुमार यादवलाई स्वागत पनि गरेको थियो ।
जिल्ला कार्य समितिका अध्यक्ष रामप्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन सचिव श्याम कुमार थापाले गर्नुभएको थियो ।