
बिक्रम सुनार
बागलुङ, २२ जेठ
बागलुङमा छुवाछुत मुक्त राष्ट्र घोषाण २१ जेष्ठ र दलित समुदाय विषयक अन्तरक्रिया कार्यक्रम गरि दिवस मनाएको छ ।
२०६३ साल जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो । त्यसै दिनको सम्झनामा वर्तमान सरकारले हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।
दलित स–शक्तिकरण केन्द्र बागलुङको आयोजनामा र प्लान नेपालको सहयोगमा दलित अधिकारकर्मी तथा सरोकारवालाहरुको विचमा कार्यक्रम सम्पन्न भएको हो ।
सोही अवसरमा नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य गोविन्द नेपालीले दलितको हक अधिकारलाई राज्यले महसुश गरेको भन्दै सम्पुर्ण दलितहरु एकतावद्ध भएर दलित आन्दोलनमा लाग्नुपर्ने बताउनुभयो । दलित अधिकारका मुद्धालाई संविधानमा मौलिक हकका रुपमा सम्बोधन गरिएको साथै दलित समुदाय माथि भएका उत्पीडन क्रमशःअन्त्य हुँदै जाने आधार निर्माण भएको बताउनुभएको छ ।
सोही अवसरमा प्रहरी उपरिक्षक चन्द्र कुवेर खापुङ, नेकपा एमाले बागलुङ उपाध्यक्ष कृष्ण पाठक, संघिय समाजवादी फोरमका विरबहादुर किसान, दलित आयोगका पूर्व सदस्य लाललबहादुर परियार, गैरसरकारी महासंघका जिल्ला अध्यक्ष मुक्तिराम सापकोटा,राष्ट्रिय उपभोत्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, उत्पीडित दलित समुदायको संजाल बागलुङका अध्यक्ष टंक बहादुर बोहरा, बिवाइसी बागलुङका अध्यक्ष मणिभद्र शर्मा, दलित वर्ग उत्थान समन्वय समितिका पूर्व सदस्य रविलाल विक, बागलुङ नगर कार्यपालिका सदस्य सुरज बोस्येल, मुक्ति समाज बागलुङ अध्यक्ष मनोज विक, युवा दलित संजाल बागलुङका अध्यक्ष राजकुमार बोस्यल, मिजार समाज बागलुङका अध्यक्ष रणसिंह बोहरा, शिल्पी समाज बागलुङका अध्यक्ष भक्त बहादुर विक लगायतले बोल्नु भएको थियो ।
त्यस्तै दलित सशिक्तकरण केन्द्र बागलुङका अध्यक्ष यम चम्रकारले प्रस्तुत गर्नुभएको कार्यपत्र माथि केन्द्रका सल्लाहकार निरबहादुर विकले टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको ११ वर्ष बित्दा पनि व्यवहारमा भने छुवाछुत र विभेद हट्न नसकेको र जातीय भेदभाव तथा छुवाछुत कसुर र सजायँ ऐन भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा व्यवहारमा विभेद हट्न नसकेको गुनासो गरेका थिए ।
कार्यक्रम दलित सशक्तिकरण केन्द्र बागलुङका अध्यक्ष याम चम्रकारको अध्यक्षता, कार्यक्रम संयोजक श्याम विकको स्वागत र सचिव परशु बोहराको संचालनमा सम्पन्न भएको थियो ।









