जिल्ला लिग फुटबल प्रतियोगिता १ दिन पछि सर्यो

बागलुङ, २२ जेठ
अखिल नेपाल फुटबल संघको वार्षिक कार्यतालिका अनुसार प्रत्येक वर्ष हुँदै आएको जिल्ला लिग फुटबल प्रतियोगिता बागलुङमा सोमबार देखि हुने भनिएको खेल १ दिन पछि सरेको छ ।
जिल्ला फुटबल संघ बागलुङले सोमबारदेखि खेल हुने जानकारी गराएपनि प्राविधिक कारणले खेल सर्नपुगेको प्रतियोगिताका संयोजक टकबहादुर बोहोराले जानकारी दिनुभयो ।
‘हामीले खेल सोमबारदेखिनै गर्ने भनेका थियौं’ संयोजक बोहोराले भन्नुभयो–‘प्रतियोगितामा सहभागि हुने टिमहरुले सम्पूर्ण खेलाडीहरुको नामावली उपलब्ध नगराएकोले खेल सर्न पुगेको हो ।’ प्रतियोगितामा सहभागि हुने टिमहरुको नामावली आजनै प्राप्त हुने र बेलुका सम्म खेलको टाईसेट प्रकाशित गरि मंगलबारदेखि खेल संचालन गरिने जिल्ला फुटबल संघ बागलुङका महासचिव जय राजभण्डारीले जानकारी दिनुभयो ।
लिग विजेताले ५० हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछभने उपविजेताले २५ हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने संघले जनाएको छ । यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी र अनुशासित टिमले २–२ हजार नगद प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र सर्वाधिक गोलकर्ताले १–१ हजार नगद प्राप्त गर्ने संघले जनाएको छ । लिगमा सहभागि हुने टिमले ४ जना बाहिरी जिल्लाका खेलाडीहरु राख्न पाउने प्रावधान रहेको छ ।