
बागलुङ, २० जेठ
काठेखोला गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शनिबार स्वागत गरिएको छ ।
नेकपा एमाले काठेखोला वडा नम्बर २ भीमापोखराले जनप्रतिनिधिहरुलाई स्वागत गरेको छ । कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रीय सदस्य मनकुमारी केसीले नेकपा एमालेकै नेतृत्वमा विकास र सम्वृद्धिको सपना पुरा हुने बताउनुभएको थियो ।
निर्वाचनमा भएका विभिन्न प्रतिबद्धता जनप्रतिनिधीले कार्यन्वय गर्नुपर्ने बताउँदै उहाँले जनचाहना अनुरुपको विकासनै वर्तमानको आवश्यकता भएको बताउनुभयो ।
कार्यक्रममा एमाले जिल्ला कमिटी सचिव लालबहादुर थापा, काठेखोला संगठन विभाग संयोजक डिल्लीराज गौतम, काठेखोला गाउँपालिका अध्यक्ष अमर थापा, नेकपा एमाले प्रचार विभागका पूर्वकेन्द्रीय सदस्य हरिनारायण गौतम, एमाले जिल्ला कमिटी सदस्य दिपक गौतम, वडा नम्बर २ का वडाअध्यक्ष विद्यापति शर्मा, सदस्य चिरन थापा लगायतले बोल्नुभएको थियो ।

सो अवसरमा नेकपा एमाले जिल्ला कमिटी बागलुङको छैठौँ अधिवेशनमा तत्कालिन भीमापोखरा गाविसबाट निर्वाचित जिल्ला सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रम एमाले वडा नम्बर २ का अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष सविना गौतमको स्वागत र नारायणदक्त रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।











