
बागलुङ, १७ जेठ
स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तरगत काँठेखोला गाउँपालिकामा गाउँ कार्यपालिका सदस्यको निर्वाचनमा संयुक्त बाम मोर्चा विजयी भएका छन् ।
काँठेखोला गाउँपालिकामा निर्वाचित भएका ४२ जना जनप्रतिनिधिहरुले मतदान गरेको निर्वाचनमा अल्पसंख्यक र दलितका तर्फबाट संयुक्त प्यानलका टिका संगम वि.क. र हेमलाल विश्वकर्मा विजयी भएका छन् । टिका संगम विक र हेमलाल विश्वकर्माले सम्मान २२–२२ मत प्राप्त गरी वियजी भएका हुन । उनीहरुका प्रतिद्वन्द्वी नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका गोविन्द विश्वकर्मा र नरे दमाईले सम्मान २०–२० मत प्राप्त गरेका थिए ।
यस्तै महिला उम्मेदवार तर्फ पनि संयुक्त बाम प्यानलका उम्मेदवारहरु विजयी भएका छन् । महिला तर्फ चित्रकुमारी थापाले २३, जमुना कंडेलले २२, सुन्तली वि.क.ले २२ र नैनकला खड्काले २१ मत प्राप्त गरी विजयी भएका छन् ।
महिला तर्फ नेपाली काँग्रेसकी खगीसरा न्यौपानेले १९, गंभिरा थापाले २०, तुलसी श्रीसले २० र नरमाया थापाले १९ मत प्राप्त गरेका थिए । बुधबार भएको गाउँ कार्यपालिकामा नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी केन्द्र र राप्रपाले संयुक्त उम्मेदवारी दिएका थिएभने नेपाली काँग्रेसले एकलै उम्मेदवारी दिएको थियो ।
काठेखोला गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सहित ८ वटा वडाबाट निर्वाचित वडा अध्यक्ष र वडा सदस्यहरु गरी ४२ जनाले मतदान गरेका थिए ।









