
बागलुङ, १५ जेष्ठ
बागलुङ नगरपालिका वार्ड नम्वर १२ का नवनिर्वाचित अध्यक्ष, सदस्यहरुले आइतबार एक कार्यक्रमका विच पदभारग्रहण गरेका छन ।
गत बैशाख ३१ सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट विजयी भएका अध्यक्ष, सदस्यहरुले पदभारग्रहण गरेका हुन ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य मनकुमारी केसिले निर्वाचनका क्रममा राजनैतिक प्रतिष्प्रधा गरेपनि समग्र वडा संगै देशको विकासका लागि सम्पुर्ण एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । समाजको आर्थिक, भौतिक र सांस्कृतिक विकासका लागि एकआपसमा सहकार्य गरिअवको नयाँ संरचना अनुसारको भौतिक निर्माण गर्दा अपाङ,बाल, अनाथ मैत्री विकास गर्नुपर्ने बताउनुभयो । बानपा १२ स्थानीय स्रोत र साधनको प्रर्याप्त भएकाले यसको उचित प्रयोग गर्न समेत आग्रह गर्नुभयो । साथै जाति विशेष कला, संस्कृतिको संरक्षण तथा प्रवद्धन गर्नुपर्नेमा जोडदिनुभयो ।
सोही अवसरमा नेकपा एमाले केन्द्रिय सदस्य गोविन्द नेपालीले परिवर्तनको स्वाद जनताले पाउनका नसकेकाले विकासी सहकार्य गर्दै अगाडि बढ्न आग्रह गुर्नभएको थिया ।
पदभारग्रहण गर्दै बागलुङ वार्ड नम्वर १२ का नवनिर्वाचित अध्यक्ष गुरुदत्त पाठकले स्थानीय बासिन्दाको मृत्युभएमा क्रिया खर्चस्वरुप ३ हजार, सुत्केरी खर्च २ हजार त्यस्तै अमलाचौरमा ३ वर्ष भित्र एक घर एक करेसाबारी तथा खानेपानीको व्यवस्थापनका लागि एक घर एक धारा लागु गर्ने ,दलित,अप्पसंख्यक, मुस्लीम, माझी समुदायको धर्म,संस्कृति र पेशाको संरक्षणका लागि विशेष बजेट व्यवस्था गर्ने लगायतको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै नेकपा एमाले बागलुङका उपाध्यक्ष कृष्ण पाठक, जिल्ला सदस्य सुजन परियार, नेकपा माओवादी केन्द्रका प्रेम बहादुर बि।क,राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य धनश्याम सुनार, वार्ड अध्यक्षका प्रत्यासी नेपाली कांग्रेश अमलाचौरका कोपिलामणि शर्मा चापागाइ, नयाँ शक्तिका स्थानीय नगरिक अगुवा पशुपति शर्मा,पृथ्वी उच्च माविका प्रधानध्यापक प्रेमप्रसाद चापागाई लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम वार्ड नम्वर १२ का नवनिर्वाचित अध्यक्ष गुरुदत्त पाठकको अध्यक्षता, सचिव भविदत्त शर्माको स्वागत र हेल्थपोष्ट इन्चार्ज डिल्लीराज आचार्यको संचालनमा सम्पन्न भएको थियो ।









