गल्कोटको रिघामा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध

बागलुङ, १२ जेठ
भारी बर्षा सङगै पहिरो खस्दा मध्यपहाडी पुस्पलाल लोकमार्ग अबरुद्ध बनेको छ । गलकोट नगरपालिका वडा नम्बर ११ रिघाको मनेवा नजिकै पहिरो खसेको हो । शुक्रवार करिब ५ बजेको समयमा पहिरो खसेको स्थानीयले बताएका छन ।
पहिरो खसेपछि बुर्तिबाङ र बुटवलबाट गन्तव्य तर्फ हिडेका सवारी साधन र यात्रु अलपत्र परेका छन । छोटो दुरिका यात्रु अर्को सवारी परिवर्तन गरि गन्तव्य तर्फ लागे पनि लामो गन्तव्यका यात्रु भने अलपत्र परेका हुन ।
ढुङ्गा सहितको पहिरो खसेको कारण सडक खुलाउन लोकमार्ग निर्माण कम्पनीले ढिला गरेको यात्रुहरुले गुनासो गरेका छन । पहिरोमा खसेका ढुङ्गा लोकमार्ग निर्माणमा प्रयोग हुने भएकाले पहिरो पन्छाउन ठेकेदार कम्पनीले ढिलासुस्तीले गरेको सवारी चालकको आरोप छ ।