‘पशुपतिप्रसाद’ले ‘धनपति’ बन्न औँठीसमेत बेचे !

काठमाडौं, १२ जेठ
बहुप्रतिक्षित चलचित्र ‘धनपति’को ट्रेलर सार्वजनिक भएको छ । असार २३ गतेदेखि प्रर्दशनमा आउने तयारीमा रहेको ‘धनपति’को ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
‘टलकजंग भर्सेज टुल्के’ र ‘पशुपतिप्रसाद’बाट दर्शकको मनमा बस्न सफल भएका खगेन्द्र लामिछाने ‘धनपति’मा युवाको प्रतिनिधि बनेका छन् । बेरोजगारीको समस्या र युवाहरुको वितृष्णालाई ट्रेलरमा देखाइएको  छ । बेरोजगार युवालाई राजनितिमा कसरी प्रयोग गरिन्छ भन्ने कुरालाई चलचित्रले देखाउन खोजीएको ट्रेलरबाट प्रस्ट हुन्छ ।
टुकी र्आट्सको प्रस्तुतिमा निर्माण भएको ‘धनपति’ लाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । रोजीना सिटौलाको लगानी रहेको यस चलचित्रमा खगेन्द्रसँगै सुरक्षा पन्त, मनिष निरौला, आशान्त शर्मा, सुरबी बर्तौला, हरिहर शर्मालगायतको अभिनय छ । चलचित्रको कथा खगेन्द्र लामिछानेले नै लेखेका हुन् । हेर्नुहोस् धनपतिको ट्रेलर 

 

गजब्बको अनलाईनबाट साभार ।

२०७४ जेठ १२ गते प्रकाशित