बागलुङ्की जुना श्रीस दुई वटा बिधा बाट टप फाईभमा

केपी कुमार जलन/बागलुङ
चर्चित लोक तथा दोहोरी गायीका जुना श्रीस दुई वटा बिधाबाट टप फाईभमा पर्न सफल भएकी छिन् ।
किन रुन्छौ ए न्याउली चरी¸ आजा माया म संग तरक तरक छ¸ मनमा गहिरो घाउ छ के गरु¸यानीमायाको पंचेबाजा¸ बागलुङ्को बजार सालैजौ¸ दङ् अएको छु¸ वैश ढल्केर गयौ¸ जस्ता चर्चित गितमा आवज भरी सकेकी श्रीस राष्ट्रिय लोक दोहोरी अवार्ड २०७४ मा उराठ लाग्दो चैत हजुर गित र उत्कृष्ट गायिका गरी दुई वटा बिधामा टप फाईभमा परेकी छिन ।
उनी संगै देवी घर्ती¸ टिका पुन¸ जुनु रिजाल¸ मुना थापा उत्कृष्ट गायिकाको रुपमा टप फाईभमा परेका छन, यस्तै सर्वोउत्कृष्ट लोक गीत तर्फ आमाको तस्बिर हातैमा¸ खाडी मुलुकको पिडा¸ उराठ लाग्दो चैत¸ कति भोगे मैले निभेको आगो परेका छन ।
गायिका श्रीसले दुवै बिधामा टप वानमा पुराउनको लागि सर्बोत्कृष्ट लोक गितको लागि मोबाइलको म्यासेज बक्समा गई LDA स्पेस 4C टाईप गरेर 35225 मा म्यासेज पठाउन आग्रह गरेकी छिन भने सर्बोत्कृष्ट लोकदोहोरी गायिका को अवार्ड जिताउनको लागि फेरि LDA स्पेस 8E टाईप गरि 35225 मा म्यासेज पठाउन आग्रह गरेकी छिन ।