बागलुङबाट काठमाडौ जाँदै गरेको माईक्रोबस दुर्घटना

बागलुङ, १२ जेठ
शुक्रवार बागलुङ बजारदेखी काठमाडौँलाई छुटेको माईक्रोबस तनहुँको बन्दिपुरमा दुर्घटना हुँदा त्यस्मा सवार ११ जना यात्रु घाईत भएका छन् । बा ४ ख ११७५ नम्बरको माईक्रोबस र आँबुखैरेनीबाट डुम्रेतर्फ गैरहेको ना ५ ख ८८९१ नम्बरको ट्रक ठोक्किएर दुर्घटना हुँदा ११ जना घाईत भएका हुन् ।
घाईते मध्य बागलुङ निवासी ५० वर्षका नरबहादुर थापा र उनकी श्रीमती ४५ मनमाया थापाको अवस्था गम्भीर रहेको बताईएको छ। घाईतहरुको यात्रुको पोखराको फिस्टेल अस्पतालमा उपचार भैरहेको छ ।
बाँकी घाइतेहरुको भने डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।