गल्कोट नगरका निर्वाचित जनप्रतिनिधीलाई काँग्रेसको बधाई

बागलुङ, ११ जेठ
गलकोट नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुलाई नेपाली काग्रेस गलकोट नगरपालिका वाड नम्बर १ दुदिलाभाटीले स्वागत तथा वधाई ज्ञापन गरेको । दुदिलाभाटीको समग्र बिकासमा सहयोग गर्न आग्रह गर्दै पार्टीले नवनिर्वा्चित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गरेको हो । नेपाली काग्रेस गलकोट नगरपालिकाका नवनिर्वाचित मेयर भरत शर्मा गैरे, उपमेयर रेनुका काउचा, वडा नम्बर १ का वाडअध्यक्ष नेत्र बुढाथोकि, वाड नम्बर ५ का वाडअध्यक्ष नारायध्यज मल्ल लगायतलाई स्वागत तथा वधाई ज्ञापन गरिएको थियो ।
कार्यक्रममा नेपाली काग्रेसका महाधिबेसन प्रतिनिधि मञ्जु शर्मा चालिसे, वाड नम्बर १ का वाडअध्यक्षका प्रत्यासी हिरा बहादुर घर्ति मगर, नयाँ शक्ति पार्टीका बम गुरुङ, माओबादी केन्द्रका जिवन भण्डारी लगातले मन्ब्य राख्नुभएको थियो ।
कार्यक्रममा गलकोट नगरपालिकाका नवनिर्वाचिय मेयर भरत शर्मा गैरेले जनताले दिएको अभिमत अनुसार जनभावनाको कदर गर्दै दुदिलाभाटीको विकास निर्माणमा सक्रिय रहने प्रतिवद्धता व्यक्त गनुभयो । गैरेले जनताको आवश्यकताका आधारमा योजना बनाउने र त्यसलाई कार्यान्वयन गर्ने बताउनुभएको छ ।
कार्यक्रम नेपाली काग्रेस गलकोट नगरपालिका वडा नम्बर १ का सभापति हेम बहादुर खड्काको अध्यक्षता, सदस्य नारायण नेपालीको स्वागत मन्तब्य र सचिव धना खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।