निकास हैन राजिनामा सानू

सानू
कति अचम्मकाे देश हगि हाम्रो
यहाँ देश र जनता लाई
निकास चाहिएको छ
राेकिरहेकाे बिकास
चाहिएकाे बेला
अहिले फेरि देशमा
कुनै पार्टीलाई राजिनामा
चाहिँएकाे छ प्रधानमन्त्रीकाे
सानू
काम कुराे एकातिर
कुम्लो बाेकि ठिमी तिर
भने झै भएको छ अहिले
संसद अबरुद्ध छ
महाभियोग बिचरादिन छ
राजनीति दलबीच न त
सहमति छ न त सहकार्य
एकातिर निर्वाचन अाचारसंहिता
देशमा लागू भएको छ
कसैलाई अहिले भर्खरै
प्रधानमन्त्री हुने हतार भएको छ
सानू
अचम्म पनि कति अचम्म
अहिले पनि देशको भन्दा
कुर्सी कै माया छ नेतालाई
बल्लतल्ल पहिलो चरणकाे
निर्वाचन सम्पन्न भएको छ
दाेस्राे चरणकाे निर्वाचन
हुने नहुने अन्याैल नै भएको
समयमा फेरि सरकार
परिवर्तन चाहिँएकाे छ
हाम्रो देशका नेता जी लाई
सानू
देश र जनता जतासुकै
जाअाेस यिनलाई
कुनै सराेकार छैन
जसरी पनि सरकारमा
पुग्नु परेको छ
हाम्रो देशका नेता जी लाई
सानू

राजेशचन्द्र राजभण्डारी