
बालकृष्ण सुवेदी
गलकोट, ३ जेठ
गलकोट नगरपालीकामा नेपाली काँग्रसको तर्फबाट नगर प्रमुख पदका उमेदवार भरत शर्मा गैरे विजय हुनुभएको छ । गैरेले ५ हजार ८ सय १५ मत प्राप्त गर्नुभएको छ ।
गैरेका निकटतम प्रतिद्धन्दी नेकपा एमाले र राष्टीय जनमोर्चा गठबन्धनका टंकबहादुर के।सी।ले ३ हजार ६ सय ६२ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नगर उपप्रमुख पदमा नेपाली काँग्रेसका रेनुका काउचा मगर विजय हुनुभएको छ । उँहाले ६ हजार ९९ मत प्राप्त गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमाले र राष्टीय जनमोर्चा गठबन्धनका रत्नादेबी भण्डारीले ३ हजार ३ सय ५७ मत प्राप्त गर्नुभएको छ ।
गलकोट नगरपालीकामा वार्ड नं. १ बाट संयुक्त गठबन्धनका नेत्र बुढाथोकी, २मा नेपाली काँग्रेसका हिम बहादुर भण्डारी, ३ मा विरजंग भण्डारी, ४ मा बलबहादुर खत्री, ५ मा नारायणध्वज मल्ल विजय भएका छन । वार्ड नं ६ मा माओबादी केन्द्रका नरबहादुर खत्री र वार्ड नं. ७ मा टिकाबहादुर थापा विजयी भएका छन् ।
त्यस्तै वार्ड नं. ८ मा नेपाली काँग्रेसका रामप्रसाद कंडेल, ९ मा तेजबहादुर थापा, १० मा तिलक घर्ती विजय भएका छन । वार्ड नं. ११ मा संयुक्त प्यानलबाट ने।क।पा। एमालेका डम्मर श्रीस विजयी भएका छन् ।









