
बागलुङ, ३ जेठ
बागलुङको काठेखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका अमरबहादुर थापा निर्वाचित हुनुभएको छ ।
थापाले ६ हजार ६ सय ९८ मत ल्याउँदै अध्यक्षमा जित हासिल गर्नुभएको हो । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका होमबहादुर हमालले ५ हजार २ सय २१ मत प्राप्त गर्नुभएको छ ।
गाउँपालिकाको उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका अर्जुन खत्री विजयी हुनुभएको छ । खत्रीले ६ हजार ५३ मत प्राप्त गर्नुभएको छभने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका ज्ञानु शर्मा श्रीसले ४ हजार ८ सय ३५ मत प्राप्त गनुएभएको छ ।
आठ वटा वडा रहेको काठेखोला गाउँपालिकामा एमालेले पाँच वटा वडाको अध्यक्षमा जित हात पारेको छभने कांग्रेसले तीन वटा वडाध्यक्ष जितेको छ ।
वडा नम्बर १ मा कांग्रेसका खड्काबहादुर थापा, २ मा एमालेका विद्यापति शर्मा, ३ मा एमालेकै याम श्रीस, ४ मा कांग्रेसका केशर थापा, ५ मा कांग्रेसका शिवप्रसाद कँडेल निर्वाचित हुनुभएको छ । यस्तै, वडा नम्बर ६, ७ र ८ मा एमालेकै क्रमश: युक्तप्रसाद कँडेल, प्रेम लामिछाने र चित्रकला छन्त्याल विजयी हुनुभएको छ ।









