काँठेखोला गाउँपालिका ४ र ५ मा काँग्रेस ६ मा एमालेको जित

बागलुङ, ३ जेठ
बागलुङ जिल्लाको काँठेखोला गाउँपालिकामा अहिले पनि मतगणना जारी रहेको छ । अहिले सकिएको मतगणनामा अनुसार काँठेखोला गाउँपालिकाको अध्यक्षमा अमर थापाले अग्रता कायम राखेका छन् ।
यस्तै काँठेखोला गाउँपालिका ४ र ५ वडामा काँग्रेसका उम्मेदवारहरु विजयी भएका छन् भने वडा नम्बर ६ मा एमालेका उम्मेदवारहरु विजयी भएका छन् ।
काँठेखोला गाउँपालिका ४ मा नेपाली काँग्रेसका केशर थापाको प्यानल नै विजयी भएको छभने वडा नम्बर ५ मा पनि नेपाली काँग्रेसकी शिव प्रसाद कंडेलको प्यानल विजयी भएको छ ।
यस्तै काँठेखोला ६ विहुँमा नेकपा एमालेका उम्मेदवार युक्त प्रसाद कंडेल विजयी भएका छन् । वडा नम्बर ६ पनि काँग्रेसको गण भनिएपनि एमालेले विजयी हासिल गरेको छ ।
अहिले काँठेखोला गाउँपालिकाको वडा नम्बर ७ रेश र वडा नम्बर ८ लेखानीको मतगणना भइरहेको छ । काँठेखोला ७ मा एमाले र ८ मा काँग्रेसको बहुमत रहेको छ ।