बानपा ३ मा संयुक्त प्यानलकी बास्कोटाको प्यानल विजयी, मेयरमा पनि प्यानल अगाडी

बागलुङ, २ जेठ
बागलुङ नगरपालिका वडा नं ३ मा एमाले राजमो राप्रपाको संयुक्त प्यानल विजयी भएको छ ।
संयुक्त प्यानलबाट बानपा ३ मा अध्यक्षकी उम्मेदवार लक्ष्मी बाँस्कोटाको प्यानल विजयी भएको हो ।
राजमोका केन्द्रीय सदस्य समेत रहेकी बास्कोटाले १ हजार ५७ मत ल्याएर विजयी भएकी छिन ।
त्यसै गरी बागलुङ नगरको मेयर पदमा नेकपा एमालेका मेयरका उम्मेदवार जनक पौडेलले २६ सय ८० मत ल्याएर अग्रता कायम गरेको छन । नेपाल काग्रेसका मेयरका उम्मेदवार बसन्त कुमार श्रेष्ठले २१ सय ५० मत प्राप्त गरेको छन् ।
त्यसैगरी उपमेयरम राप्रपाका सुरेन्द्र खड्काले २६ सय ५१ मत ल्याएर अग्रता कायम गरेको छन्भने नेपाली कागेसकी शकुन्तला शर्माले १८ सय ५५ मत प्राप्त गरेकी छिन ।
यस अगाडी बानपा १ मा एमालेका दुर्गा बहादुर बोहोरा र वडा नम्बर २ मा एमालेकै जीवन आचार्य विजयी भइसकेका छन् ।