बागलुङ, २ जेठ
गलकोट नगरपालिकामा नेपाली काङ्ग्रेस अग्र स्थानमा रहेको छ । अहिले सम्मको मत गणना अनुसार ३ ओटा वडामा काङ्ग्रेसको प्यानल बिजयी भएको छ । १ स्थानमा मात्र नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको संयुक्त प्यानल बिजय भएका छ्न ।
वडा नमूना १ दुदिलाभाटिमा संयुक्त प्यानलका नेत्र बुढाथोकी सहित सम्पुर्ण प्यानल बिजय भएको छ । त्यसै गरि वडा नम्बर २ नरेठांटिमा नेपाली काङ्ग्रेसका हेमन्त भन्डारी ,वडा नम्बर ३ हटियामा नेपाली काङ्ग्रेसका बिरजंग भन्डारी र वडा नम्बर ४ हटियामा बल बहादुर खत्री सहित सम्पुर्ण प्यानल बिजयि भएको निर्वाचन कार्यालयले जनाएको छ । यो समाचार तयार पर्दा सम्म नगर प्रमुखमा नेपाली काङ्ग्रेस का भरत गैरेको २५९६ ,राजमो एमालेका टंक केसिको १३३८ ,माओबादी केन्द्रका फमलाल निउरेको ८७७ मत प्राप्त भएको छ ।
त्यसैगरी उप प्रमुखमा नेपाली काङ्ग्रेसकि रेनुका काउचाको २५२४ ,राजमो एमालेकि रत्ना भण्डारी को १४०५ र माओवादी केन्द्रकि ललिता थापाको ९६२ मत प्राप्त भएको छ । अहिले वडा नम्बर ५ र ६ को मत गणना चलिरहेको छ ।









