
छबिलाल पाण्डे
बागलुङ, २ जेठ
ढोरपाटन नगरपालीकामा पछिल्लो मतगणना अनुसार वडा नँ १ देखि ४ सम्मको गणना सम्पन्न भएको छ । जसमा वडा नँ १ मा नेकपा माओबादि केन्द्र सहित नेपाली काँग्रेसका चार जना पदादिकारी बिजयी भएका छन् । वडा नँ २ मा राष्ट्रिय जनमोर्चाको प्यानल बिजयी भएको छ ।
व डा नँ ३ नेकपा माओबादि केन्द्र सँग तालमेल गरेको क्रान्तीकारी माओबादिका हेमेन्द्र घर्तिले २ सय ८२ मत लीएर वडा अध्यक्षमा जित हासिल गर्नुभएको छ । सदस्यमा क्रमश नेकपा एमालेबाट २५२ मत लीएर गिता दमाई, २५५ मत ल्याउँदै एमालेका बाल कुमार घर्ति , महिला सदस्य २६० मत सहित बेल कुमारी छन्त्याल र २६० मत सहित राजमोका बल बहादुर पुन बिजयी हुनु भएको छ ।
त्यस्तै मेयरमा नेपाली काँग्रेसका अर्जुन शेरचनको हाल सम्म ६१५, नेकपा एमालेको १०५०, माओबादि केन्द्रको ३४५, राष्ट्रिय जनमोर्चाको ४९० उपमेयरमा नेका ६४१, एमाले ५५१, राजमो ७१३ माके ४४८ रहेको छ । त्यस्तै वडा नँ ४ मा राष्ट्रिय जनमोर्चाका तिलक पुन अध्यक्ष सहितको पुरै प्यान बिजयी भएको छ । हाल सम्म मेयर पदमा नेकपा एमालेका देब कुमार नेपालीको १३७६, नेपाली काँग्रेसका अर्जुन शेरचनको ९३१, राष्ट्रिय जनमोर्चाका गौरिश्वर पाण्डेको ९३५ र माओबादि केन्द्रका शेरमान घर्तिको ५१८ मत लिनुभएको छ ।
पछिल्लो विबरण अनुसार मेयरमा नेकपा एमाले, दोश्रोमा राजमो र तेश्रोमा नेपाली काँग्रेस भएको छ । उपमेयरमा राष्ट्रिय जनमोर्चाकि दुर्गादेबि घर्ति अग्र स्थानमा हुनुहुन्छ । उहाँका ११७७ नेपाली काँग्रेसकी दिलमाया पौविको ९७९, नेकपा एमालेका करमती घर्तिको ७६८, र माओबादि केन्द्रका बिपस्ना सुनारको ६७७ मत खसेको छ ।









