
बागलुङ, २ जेठ
काँठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जामा नेकपा एमालेका उम्मेदवार याम श्रीस भारी मतले विजयी भएका छन् ।
श्रीसले आफ्ना प्रतिद्वन्द्व नेपाली काँग्रेसका उम्मेदवार नगेन्द्र भण्डारीलाई ७ सय ७१ मतअन्तरले पराजित गरेका छन् ।
कुल १३ सय मतमा एमालेका श्रीसले ९९० र काँग्रेसका भण्डारीले २१९ मत प्राप्त गरेका थिए ।
धम्जामा श्रीसको प्यानलनै विजयी भएको हो ।
महिला सदस्यमा मैनकली खड्का, दलित महिला सदसयमा सुन्तली विक र वडा सदस्यहरुमा खुम बहादुर भण्डारी र पूर्ण बहादुर थापा विजयी भएका छन् ।
यस अघिनै काँठेखोला १ मा नेपाली काँग्रेसका खडक थापा र वडा नम्बर २ मा नेकपा एमालेका विद्यापति शर्मा विजयी भईसकेका छन् ।
काँठेखोलामा नेकपा एमाले, माओवादी केन्द्र र जनमोर्चाले बाम तालमेल गरेका थिए ।









