करेन्ट लागेर पैयुपाँटामा एकको मृत्यु

बागलुङ, १ जेठ
बागलुङ जिल्लाको पैयुँपाटामा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ ।
बागलुङ नगरपालिका वडा नम्बर १३ पैयुँपाटामा विद्युत मर्मत गर्दा सोही स्थानका हर्क बहादुर खत्रीको मृत्यु भएको स्थानीयले जानकारी दिए ।
खत्री नेपाल विद्युत प्राधिकरण वितरण शाखा बागलुङमा कार्यरत रहेका थिए ।