
पर्वत, १ जेठ
पर्वतमा सातवटै स्थानिय तहमा मतगणना जारी रहेको छ । कतिपय ठाउँमा विहान ८ बजेदेखिनै र केहि ठाउँमा दिउँसो ११ बजेदेखि शुरु भएको हो । पछिल्लो मत परिणाम अनुसार फलेवास, महाशिला, मोदी र जलजलामा एमालेले अग्रता लिएको छ ।
त्यस्तै कुश्मा, पैंयु र विहादि गाउँपालिकामा नेपाली काँग्रेसको अग्रता रहेको छ ।
कुश्मा नगरपालिकाको पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेसले प्रमुख पदमा २०८ र नेकपा एमालले १०७ तथा माओवादी केन्द्रले २९ मत प्राप्त गरेको छ भने राप्रपाले १ मत प्राप्त गरेको छ । त्यस्तै उप्रप्रमुखमा काँग्रेस १९८, एमाले १०८ र माओवादीले २९ मत प्राप्त गरेका छन् ।
उता फलेवास नगरपालिकामा एमालेले अग्रता लिएको छ । नगरप्रमुख पदमा एमालेको ३ सय ५२ मत प्राप्त भएको छ भने नेपाली काँग्रेसको २ सय ५० मत परेको छ ।
भर्खर प्राप्त जानकारी अनुसार महाशिला गाउँपालिकाम १०३६ मत गणना भएको छ ।
जसमा अध्यक्षमा एमाले ४९९, नेपाली काँग्रेस ४९९, माओबादि ३८ मत प्राप्त गरेको छ र उपाध्यक्षमा एमाले ५०९ र नेपाली काग्रेस ४८० मत प्राप्त गरेको छ ।
यता बिहादि गाउपालिकामा माओवादी केन्द्रको अग्रता रहेको छ । २४४ मत गणना भएकोमा काँग्रेस ६७, एमाले ५५ र माओवादी केन्द्र ८७ बदर मत प्राप्त गरेको छ । ३५ मत बदर भएका छन् । उपाध्यक्षमा काँग्रेस ६९ एमाले ६२ माओवादी केन्द्र ८१ मत प्राप्त भएका छन् ।
पर्वतको पैंयूँ गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । पैंयूँ १ टकलाकमा दुई सय मत गणना गर्दा काँग्रेसले एक सय १४ मत प्राप्त गरेको छ । एमालेको ६७ र माओबादी केन्द्रको आठ मत प्राप्त भएको छ ।
पैंयूँ–२ बेउलीबासको एक सय मत गणना गर्दा काँग्रेसको ५१, एमालेको ३० र माओबादीको नौ मत प्राप्त भएको छ । त्यस्तै गरी पैंयूँ–३ त्रिबेणीमा दुई सय मत गन्दा काँग्रेसको एक सय र एमालेले ८४ र माओबादी केन्द्रले सात मत प्राप्त गरेको पैंयूबाट तेजराम काफ्लेले जानकारी दिनुभयो । पैंयूँमा भोली बिहानसम्ममा मतगणनाको नतिजा आउने उहाँको भनाई छ ।
उता मोदी गाउँपालिकामा ६९१ मत गणना भएको छ । जसमा अध्यक्षमा एमाले ३२९ मत सहित अग्र स्थानमा छ । नेपाली काँग्रेस काँग्रेस ३११, माओबादी २०, मसाल ११ प्राप्त गरेको छ । भने उपाध्यक्षमा एमाले ३०९, काग्रेस ३३३, माओबादि १६ मत प्राप्त भएको छ ।
त्यसैगरी भर्खर प्राप्त जानकारी अनुसार जलजला गाउँपालिकामा ५७ मत गणना भएको छ । जसमा अध्यक्षमा काग्रेस २३, एमाले १३, माओबादि १० र उपाध्यक्षमा काँग्रेस १९, एमाले २४, माओबादीले ८ मत प्राप्त गरेको छ ।









