बागलुङ, २७ बैशाख
बागलुङ नगरपालिका–५ मालिकामा निर्माण हुन लागेको सापकोटा कुल देवता सत्तलको बुधबार सिलन्यास गरिएको छ ।
सापकोटा कुलदेवता धार्मिक संस्थाले गरेको कुल पूजाको अवसरमा संस्थाका सल्लाहकार बलाराम हमाल सापकोटाले भवनको सिलन्यास गर्नुभएको थियो ।
सत्तल निर्माणको लागि आर्थिक संकलन अभियान अन्तर्गत पहिलो दिन ५ लाख ११ हजार एक स य १५ रुपैयाँ सकलन भएको छ । कार्यक्रम कलाधर सापकोटाको अध्यक्षता, अगन्धर सापकोटाको स्वागत र चक्रपाणी शर्माको संचालनमा सम्पन्न भएको थियो ।
सो अवसरमा कोषाध्यक्ष प्रेमप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपले पारित गरिएको थियो ।









