माओवादी केन्द्रका उमेदवारद्वारा उमेदवारी फिर्ताको घोषण, एमाले उम्मेदवार थापालाई सहयोग गर्ने

बागलुङ, २६ बैशाख
काठेखोला गाउँपालिकाको अध्यक्षमा उमेदवारी दिएका नेकपा माओवादी केन्द्रका
लिलाबहादुर सुनारले आफूले उमेदवारी फिर्ता लिएको घोषण गर्नुभएको छ ।
स्थानीय स्तरमा बाम चुनावी एकता भए पछि अध्यक्षमा नेकपा एमालेका उमेदवार अमर थापालाई सहयोगको घोषण गर्दै सुनारले उमेदवारी फिर्ता लिनुभएको हो ।
प्रविधिक कारणले २२ गते उमेदवारी फिर्ता लिन नसकेको बताउँदै उहाँले अध्यक्षमा बाम प्यानका थापालाई मत प्रदान गर्न मतदातालाई आगूह गर्नुभएको थियो ।


काँठेखोला वडा नम्बर ७ रेशमा संयुक्त चुनावी सभा सुनारले उमेदवारी फिर्ताको घोषण गर्नुभएको हो । चुनावी सभामा बोल्दै पूर्वउर्जा राज्यमन्त्री रामजीप्रसाद शर्माले स्थानीय निकाय निर्माणको लागि संयुक्त बाम प्यानललाई मतदान गर्न आग्रह गर्नुभएको थियो ।
राज्यमन्त्री शर्माले देश निर्माणको लागि नेकपा एमालेसँग स्पष्ट खाका रहेको बताउँदै अब देशको विकास र स्वाधिनताको रक्षा नेकपा एमालेले मात्र गर्न सक्ने बताउँदै नेकपा एमालेलाई भारी मतले विजयी गराउन अनुरोध गर्नुभएको थियो ।


चुनावी सभामा नेकपा माओवादीका केन्द्रिय सदस्य कृष्ण बहादुर केसी, नेकपा एमालेका उर्जा तथा जल स्रोत विभागका सदस्य हिराबहादुर केसी, नेकपा एमालेका क्षेत्रीय अध्यक्ष डिल बहादुर कार्की, नेकपा एमाले काँठेखोला गाउँपालिकाका संयोजक डिल्लीराज गौतम, पूर्व जिविस सदस्य हरि बहादुर कार्की, काँठेखोला गाउँपालिकामा संयुक्त बाम प्यानलका अध्यक्षका उम्मेदवार अमर थापा, उपाध्यक्षका उमेदवार अर्जुन बहादुर खत्री, काँठेखोला गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्षका उमेदवार प्रेम लामिछाने लगायतले बोल्नुभएको थियो ।


नेकपा एमाले काँठेखोला गाउँपालिका वडा नम्बर ७ का वडा कमितिका अध्यक्ष कृष्ण बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको चुनावी सभा कार्यक्रमको स्वागत क्षेत्रीय सदस्य सदस्य हरि बहादुर कुँवर र संचालन वडा कमिटिका सचिव भुमिराज गौतमले गर्नुभएको थियो ।