काँग्रेसको चुनावी सभा तंग्राममा

बागलुङ, २५ बैशाख आसन्न निर्वाचनको प्रचारको क्रममा तंग्राममा नेपाली काँग्रेसले चुनावी सभा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य रत्ना शेरचनले काँग्रेस नेतृत्वमा संविधान जारी भएकाले त्यसको सही कार्यान्वयनका लागि स्थानीय निर्वाचनमा काँग्रेसलाई जिताउनुपर्ने बताईन् । उनले नेपालमा परिवर्तनका हरेक कालखण्डको नेतृत्व काँग्रेसले गरेका कारण अव आर्थिक विकास नेतृत्व पनि काँग्रेसले गर्ने समेत बताईन । उनले नेपाली काँग्रेसको विजय सुनिश्चीत देखेर प्रतिपक्षीहरु तालमेल गर्ने अवस्थामा पुगेको भन्दै यसले काँग्रेसलाई झन बलियो बनाएको दाबी गरिन् ।
कार्यक्रममा बोल्दै साँसद चम्पादेवी खड्काले तंग्राम काँग्रेसको उर्वर भूमि भएकाले गाउँपालिकामा विजय गराउन तंग्रामको विशेष भूमिका रहने भन्दै चुनावी परिणाम काँग्रेसको पक्षमा आउने गरी लाग्न कार्यकर्तालाई आग्रह गरिन् । सो अवसरमा काठेखोला गाउँपालिका अध्यक्षका उम्मेदवार होमबहादुर हमालले काठेखोलाको आर्थिक समृद्धि र भौतिक विकासका लागि आफु नेतृत्वको प्यानललाई मतदान गर्न आग्रह गरे । कार्यक्रममा उपाध्यक्षकी उम्मेदवार ज्ञानु शर्मा श्रीस, नेपाली काँग्रेस जिल्ला सदस्य,खिमानन्द पौडेल, काठेखोला—४ का वडाध्यक्ष उम्मेदवार केसरबहादुर थापा ‘केशव’, नेपाल प्राध्यापक संघका केन्द्रीय सदस्य ध्रुवराज गौतम, नेपाल विद्यार्थी संघका पूर्व जिल्ला सचिव नारायणदत्त कँडेल, धौलागिरी क्याम्पसका स्वावियु सभापति मनिष थापा, वडा नम्बर ४ की महिला उम्मेदवार नरमाया थापा, जनसम्पर्क समिति जापानका संयोजक डीपी कँडेल, नेपाल सांस्कृति संघका क्षेत्रीय सभापति यामदिप पुन, साविक तंग्रामका पूर्व गाविस अध्यक्ष श्यामबहादुर पुन, नेपाली काँग्रेस तंग्रामका पूर्व सभापति खड्गप्रसाद थापा, नेपाल महिला संघ तंग्रामका अध्यक्ष फुलमाया थापा, नेपाली काँग्रेसमा प्रवेश गरेका सन्तोष पुन, लगायतले बोलेका थिए । काठेखोला—४ तंग्रामका सभापति यामदत्त कँडेलेको अध्यक्षता, सांस्कृतिक संघ बागलुङका अध्यक्ष प्रेम थापाको स्वागत र काँग्रेस तंग्रामका सचिव चन्द्रबहादुर आलेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । काँग्रेसले तंग्राममा घरदैलो अभियान समेत सञ्चालन गरेका जनाएको छ ।
स्थानीयको भावना बुझ्ने
बागलुङ÷ कांग्रेसबाट बागलुङ नगरपालिका वडानं. ११का अध्यक्षका उमेदबार ज्ञानेन्द्र गौतमले स्थानीयको चाहना र भावना अनुसार काम गर्ने प्रतिवद्धता जनाएका छन् । संचारक्षेत्रमा लागेपनि अवका दिनमा पूर्णकालिन सेवामा लाग्ने प्रतिवद्धता समेत जनाएका हुन् ।
रायडा“डा स्थित का बिभिन्न स्थानमा आयोजित चुनावी अभियानमा बोल्दै गौतमले,विकास निर्माण, शिक्षा ,स्वास्थ्य,खानेपानी,कृषि, पर्यटन एवं आर्थिक समृद्धिको लागि आफ्नो प्रयास जारी रहने बताए । केही बर्षमै रायडाँडालाई नमुना वडाको रुपमा विकास गर्ने दावी पनि गरे । गौतमले आर्थिक,सामाजिक रुपमा सक्षम बनाउनेगरि काम थाल्ने प्रतिवद्धता जनाए । सोमबार बानपा ११ रायडा“डाका बिहुपाटा,हलहले, तल्लोधारा ,ओख्ले,भगरा ,सिम्ले लगाएका स्थानमा घरदैलो सम्पन्न भएको थियो । ।