सम्बृद्धि स्थानीय निकाय निर्माणको लागि संयुक्त बाम राप्रपालाई मतदान – सापकोटा

बागलुङ, २५ बैशाख
बाम तथा राप्रपा चुनावी अभियान अन्तरगत काँठेखोला वडा नम्बर ६ विहुँमा संयुक्त चुनावी सभा सोमबार सम्पन्न भएको छ ।
चुनावी सभामा बोल्दै नेकपा एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले स्थानीय स्रोत र साधनको उचित प्रयोग गर्दै सम्बृद्धि स्थानीय निकाय निर्माण र सामाजिक न्याय, सुरक्षा र समतामुलक समाज निर्माणका लागि बाम राप्रपा प्यानललाई विजयी गराउनुपर्ने बताउनुभयो ।
सापकोटाले नेपाली काँग्रेसले लामो समयदेखि सत्ताको बागढोर समालेपनि राष्ट्रियता र विकास निर्माणका कुनै पनि काम गर्न नसकेको बताउँदै स्थानीय निकायलाई समृद्ध र सवल बनाउँदै राष्ट्र र राष्ट्रियता पक्षमा निरन्तर लडिरहने नेकपा एमालेलाई भोट दिई जिताउनुपर्ने बताउनुभयो ।
सभामा नेकपा एमालेका उर्जा तथा जलस्रोत विभागका सदस्य हिरा बहादुर केसी, नेकपा एमाले काँठेखोला गाउँपालिकाका संयोजक डिल्लीराज गौतम, काँठेखोला गाउँपालिकाका अध्यक्षका उम्मेदवार अमर थापा, उपाध्यक्षका उम्मेदवार अर्जुन केसी, राष्ट्रिय जनमोर्चा काँठेखोला गाउँपालिकाका सहसंयोजक लक्ष्मण पुन, काँठेखोला गाउँपालिका वडा नम्बर ५ का अध्यक्षका उम्मेदवार प्रमानन्द कंडेल, नेकपा माओवादीका लिलाधर कंडेल लगायतले काँठेखोला गाउँपालिकाको विकासको लागि बाम राप्रपाको संयुक्त प्यानललाई मतदान गरी बिजयी गराउनुपर्ने बताएका थिए ।
नेकपा एमाले काँठेखोला गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष डिल्ली प्रसाद कंडेलको अध्यक्षतामा सम्पन्न भएको चुनावी सभाको स्वागत मन्तव्य प्रेम पुन र संचालन सुरेश विकले गर्नुभएको थियो ।
यस्तै काँठेखोला गाउँपालिकामा संयुक्त प्यानलका उमेदवार तथा नेकपा एमाले बागलुङका सदस्य अम्मरबहादुर थापाले जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएकाहरु लगायत समाजमा पछि परेकाहरुको सुरक्षा र सम्वद्र्धनका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताउनु भएको छ ।
चुनावी अभियानका क्रममा सोमबार बिहान काँठेखोला गाउँपालिका वडा नं. ५ को गौश्वारामा आयोजित चुनावी सभामा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
नेकपा एमालेको अगुवाईमा देशमा जेष्ठ नागरिकहरुको सम्मान तथा उनीहरुलाई सामाजिक सुरक्षा भत्ताको शुरुवात भएको भन्दै उहाँले काँठेखोलामा ३ वर्षभित्र जेष्ठ नागरिक आश्रम निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
पर्यटकीय हिसावले चर्चित बिहुँको रामकोटलाई जेष्ठ नागरिक आश्रम सहितको संस्कृत विद्याको विशेष क्षेत्र बनाउने योजनाका साथ आफुहरु अगाडि बढेको बताउनुभयो ।
ऐतिहासिक रामकोट मन्दिरलाई संस्कृत भाषाको विशेष क्षेत्रका रुपमा विकास गर्नुका साथै जेष्ठ नागरिक आश्रम निर्माण गरेर पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उहाँले बताउनुभयो ।
नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी केन्द्र र राप्रपाबीच तालमेल गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका दलहरुले काँठेखोलाका ८ वडालाई ८ पहिचानका रुपमा अगाडि बढाउने प्रतिवद्धता जनाएका छन् ।
स्वास्थ्य, पर्यटन, कृषि, जनजाती, जेष्ठ नागरिक आश्रम, शिक्षा, खेलकूद र जडिबुटीलाई ८ वडाका विशेषताका रुपमा अगाडि बढाउदै निर्वाचन अभियानमा जुटेका साझा उमेद्वारहरुलाई नमुना गाउँपालिका बनाउनका लागि जिम्मेवारी प्रदान गर्न आव्हान गरेका छन् ।
कार्यक्रममा उपाध्यक्षका उमेदवार अर्जुन खत्री, वडा नंं ५ का वडा अध्यक्षका उमेदवार परमानन्द कंडेल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
४ वटा दलहरुले ८ वटै वडामा राजनीतिक लगायत सामाजिक क्रियाकलापमा निरन्तर क्रियाशिल व्यक्तिहरुलाई वडा अध्यक्ष र वडा सदस्यका रुपमा अगाडि बढाएको जनाएका छन् ।
वडा नंं. १ मा माओवादी केन्द्रका टिकाबहादुर थापा, २ मा एमालेका विद्यापती शर्मा, ३ मा एमालेकै यामबहादुर श्रीस, ४ मा राजमोका तिलक थापा, ५ मा एमालेका परमानन्द कंडेल, ६ मा एमालेका युक्तप्रसाद कंडेल, ७ मा एमालेका प्रेम लामिछाने र ८ मा एमालेकै चित्रकला छन्त्याल श्रीसले अध्यक्षमा उमेदवारी दिनु भएको छ ।