राजेशचन्द्र राजभण्डारी
बागलुङ, २५ बैशाख
स्थानीय तहकाे निर्वाचनमा उठेका उमेदवार लाई फाेन बाट धम्की दिएको भन्दै प्रहरीले २ जना नेपाल कम्युनिष्ट पार्टी
बागलुङका जिल्ला नेतालाई पक्राउ गरेको छ । बागलुङ जिल्लाकाे पश्चिम बुर्तिबाङ गाबिस बाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य हरि कुवर र भिमगिठे गाबिसबाट जिल्ला सदस्य नरबहादुर क्षेत्री लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख चन्द्र कुबिर खापुङले बताउनुभयो ।
स्थानीय तहकाे निर्वाचन नजिकै अाउदा अाउदा निर्वाचन बिरूद्द गतिविधि बढेपछि शान्ति सुरक्षा कायम राख्नकाे लागि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता पक्राउ गरेको खापुङले बताउनुभयो । अाफ्नाे २ जना जिल्ला तहका नेतालाई प्रहरीले निर्वाचन बिथोल्न बहाना बनाएर पक्राउ गरेको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला ईन्चार्ज बिकिरण क्षत्रीले बताउनुभयो ।
क्षेत्रीले पक्राउ परेको २ जनालाई तत्काल मुक्त गर्न माग गरेकाे छ । बागलुङमा नेपाल कम्युनिष्ट पार्टीकाले बैशाख ३१ गते हुने निर्वाचनमा भाग नलिन र निर्वाचनमा उमेदवार बनेकालाई उमेदवारी फिर्ता लिन अनुरोध गर्दै उमेदवारकाे घरमा कालाे झण्डा गाड्ने काम गरेको थियो ।
(नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाईएको छ । यसबाट पाठक वर्षमा पर्न गएको अशुविधा प्रति हामी छमाप्रार्थी छौं । सम्पादक)









