करेण्ट लागेर बागलुङमा दुई युवकको मृत्यु

बागलुङ, २५ बैशाख
नेपाल टेलिकमको निर्माणाधीन भवनमा काम गर्ने दुई जना कामदारको विहान ६.४५ बजेको समयमा विद्युत करेण्ट लागेर मृत्यु भएको छ ।
मृतकहरु दुबै जना निसीखोला गाउँपालिकाको भएको बताईएको छ । मृत्यु हुनेमा बागलुङ निसीका दुधन घर्ती र बमबहादुर घर्ती रहेको प्रहरीले जनाएको छ ।
आज विहान टेलिकम कम्पाउण्डमा रहेको सल्लाको रुखको टुप्पामा चिलको गुँडबाट चल्ला तल खसाल्न फलामको रडले घोच्न खोज्दा रडले हाइटेन्सन लाईनमा छोएपछी साथीलाई विद्युत करेण्ट लागेपछी अर्को साथीले छुटाउन खोज्दा उनलाई पनि करेण्ट लागेर मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।