
बागलुङ, २४ बैशाख
नेकपा माओवादी केन्द्र बागलुङले स्थानीय निकायको निर्वाचनमा बागलुङ नगरपालिकाको मेयर र उमपेयरबाट आफ्नो पार्टीका उमेदवारले उमेदवारी फिर्ता लिएको विषय प्रति गम्भिर ध्यानकर्षण जनाएको छ ।
मेयर र उपमेयरका उमेदवार क्रमशः कुशुम बुढा र उपमियरका उम्मेद्वार निर्मल बहादुर श्रेष्ठले उम्मेद्वारी फिर्ता लिएको बिषयलाई लिएर नेकपा माओबादी केन्द्र बागलुङ्गले ध्यानाकर्षण भएको प्रेस विज्ञाप्ती मार्फत जानकारी दिएको छ ।
नेकपा माओबादी केन्द्रका पोलिट्ब्युरो सदस्य एबं जिल्ला संयोजक चन्द्र बहादुर बुढा सागरले बिज्ञप्ती प्रकाशित गरी उमेदवारी फिर्ताले सिङ्गो पार्टी पंक्ति र आम नागरिकमा भ्रम सृजना उल्लेख गर्नुभएको छ ।
पार्टी निर्देशन विपरित अनपेक्षित रुपमा पार्टीको हवला दिदै उम्मेद्वारी फिर्ता लिएकोमा आवश्यक छानबिन गरी कारबाही अगाडी बढाईने विज्ञाप्तीमा उल्लेख गरिएको छ । त्यसैगरी बरेङ्ग गाउपालिकामा अध्यक्षका उम्मेद्वार प्रदिप थापा मगर पार्टीको आधिकारीक नभै फरक चुनाव चिन्हमा उम्मेद्वारी दर्ता गरेको प्रति आवश्यक कारवाहिको प्रक्रिया अगाडी बढाई सकिएको बिज्ञप्तीमा उल्लेख छ ।
नेकपा माअेबादी केन्द्र पार्टीको निति अनुसार जिल्लाका सबै गाउंपालिका र नगरपालिकाका सबै तहहरुमा पार्टीका उम्मेद्वारहरुको मनोनयन दर्ता गरी निति र नेतृत्वलाई बिजयको लागि सिङ्गपार्टी पंक्ति लागेको उल्लेख छ ।
बिद्यमान उत्पन्न परिस्थितीको सामना गर्दै सम्पुर्ण पार्टी पंक्ति जिल्लाका ४ नगरपालिका र ६ गाउपालिकाका सबै तहमा माओबादी केन्द्रका उम्मेद्वारलाई बिजयी गराउनका लागि दृढता पुर्वक लाग्न बिज्ञप्ती मार्फत आब्हान गरिएको छ ।
जिल्ला स्तरमा वार्ता सम्बादबाट चुनावी तालमेल सम्भव नभएपछि शक्ति सन्तुलनको हिसाबले स्थान बिशेषमा अन्य दलहरु संग तालमेल गरी चुनावी रणनितिमा लाग्न निर्देशन भए अनुसार तालमेल सकरात्मक भई चुनावी रणनितिमा लागेको बिज्ञप्ती मार्फत स्पष्ट पारिएको छ ।









