
बागलुङ, २४ बैशाख
स्थानिय तहको निर्वाचनमा नेपाली काग्रेसले चुनावी अभियान तिव्र पारेको छ । नेपाली काग्रेस बागलुङ नगरपालिका प्रमुख, उपप्रमुख एवं वडा अध्यक्ष सहितका उम्मेदवारहरुले शनिवार बानपा ११ को रायडाँडा र १० को भकुन्डे वडामा चुनाव अभियान सम्पन्न गरेको छ ।
बानपा ११ रायडाँडामा भएको चुनावी अभियानमा बोल्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं सांसद रत्ना शेरचनले नेपाली काग्रेसले जिल्लाको विकास निमार्णमा महत्वपुर्ण भुमिका खेल्दै आएको र स्थानिय तहमा पनि पार्टी कटिवद्ध भएर लाग्ने बताउनुभयो । उहाले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काग्रेसका उम्मेदवारहरुलाई विजयी गराई समृद्ध विकासमा साथ दिन आग्रह गर्नुभयो । त्यसैगरि बानपाका मेयर पदका उम्मेदवार बसन्तकुमार श्रेष्ठले अहिलेको स्थानिय तहको निर्वाचनलाई नेपाली जनताको विकास र निकासका लागि रुख चिन्हमा मतदान गरी विजयी गराउनुपर्ने बताउनुभयो । उहाले बानपाको चौतर्फी विकासमा महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । त्यसैगरि उपमेयरका उम्मेदवार सकुन्तला शर्माले स्वास्थ्य, शिक्षा, रोजगारी लगाएत अन्य क्षेत्रको विकासमा आफु कटिबद्ध भएर लाग्ने हुदा आफुलाई विजयी गराउन आग्रह गर्नुयभो । यस्तै बानपा ११ वडा अध्यक्षका उम्मेदवार ज्ञानेन्द्र गौतमले स्थानिय तहको विकासमा आफु अहोरात्र खटिने हुदा आफुलाई मतदान गरि विजयी गराउन सबैलाई आग्रह गर्नुभयो । उहाले आफुले वडाको विकासमा जस्तोसुकै परिस्थितिमा पनि एक भएर लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
चुनावी सभामा सांसद चम्पादेवी खडका, नेपाली काग्रेसका पार्टी सभापति दिपेन्द्रबहादुर थापा, महासमिति सदस्य किरण पौडेललगाएले बोल्नुभएको थियो । नेपाली काग्रेस बानपा ११का कोषाध्यक्ष घनश्याम पौडेललको अध्यक्षता र सचिव अमृत सुवेदीको संचालनमा सभा सम्पन्न भएको थियो ।
यस्तै बानपा ११ मा नेपाली काग्रेसको चुनावी अभियान अन्र्तगत घरदैलो कार्यक्रम समेत सम्पन्न भएको छ ।









