पर्वत २३ वैशाख
पर्वत जिल्लाको फलेवास नगरपालिका–३ नुवारमा यात्रुवस दुर्घटना हुँदा १५ जना घाईते भएका छन् ।
नेपाली काँग्रेसको शनिवार कार्कीनेटामा आयोजित आमसभामा पुगेर फर्किदै गरेको बस शंकरपोखरी स्थित नुवारमा दुर्घटना भएको हो । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । अन्य घाईतेहरुको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । घाईते सवै काँग्रेसका कार्यकर्ता रहेको बताइएको छ । ध १ ख ८६ नम्वरको वस दुर्घटनामा परेको स्थानिय ख्यामबहादुर क्षेत्रीले जानकारी दिए ।









