बागलुङ, २३ बैशाख
स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएपछि बागलुङका गाउँगाउँ तथा बस्ती बस्तीमा दलका चुनावी गीत घन्कन थालेका छन् ।
विभिन्न दल निकट कलाकारले तयार गरेका गीत यतिखेर प्रचारप्रसारमा अति उत्तम प्रचार सामाग्रीको रुपमा प्रयोग गरी गाडीका साथै आयोजित सभा समारोह र मोबाइलमा निकै प्रयोग भएका छन ।
गीतमा विगतमा आ–आफ्ना पार्टीले गरेका कामको बयान गर्दै आसन्न स्थानीय तहमा आफ्ना उम्मेदवारलाई विजयी गराउने गरी लक्षित छन् । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली काग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनर्माचा र राप्रपा निकट कलाकारहरुले आ–आफ्ना दलका सवल पक्षलाई बयन गरी गित तयार गरेका छ ।
विगतका निर्वाचनमा भन्दा स्थानीय निर्वाचनमा चुनावी गीतको प्रयोग ह्वात्तै बढेको छ ।
चुनावी गीतलाई आफ्ना मोबाइलको रिङ टोन तथा ब्याक टोन आदिमा प्रयोग गर्ने क्रम पनि निकै बढेको छ ।









