
बागलुङ, २३ बैशाख
स्थानीय तहको निवार्च नजिकीदै जादाँ नेकपा एमालेले चुनावी माहोल तताउदै गएको छ । नेकपा एमाले बागलुङ नगरपालिकाको विभिन्न स्थानहरुमा चुनावी सभा तथा गोष्ठी गरेको छ ।

बानपा–७ तितौरेमा, हर्राचोर,काभे लगायतका स्थानहरुमा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेकपा एमाले बागलुङ नगरपालिका मेयर पदका उमेदवार जनक पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उपमेयर पदका उमेदवार सुरेन्द्र खडका, नेकपमा एमाले प्रदेश कमिटि सदस्य गिता शर्मा, प्रेस चौतारी केन्द्रिय सचिव रामकृष्ण शर्मा, नेकपा एमाले सचिवालय सदस्य केवि राना, उद्योगपति सुवास राभभडारी, नेकपा वनपा ७ का वडा अध्यक्ष खगराज पाण्डेय लगायतले बोल्नुभएको थियो ।
नेकपा एमाले, राप्रपा र राष्ट्रिय जनमोर्चाको गठबन्धन पछि चुनावी प्रचारप्र्रसार अभियानलाई तिव्रता दिनेक्रममा मेयर र उपमेयर पदका उमेदवारहरुले विकासका पूर्वधार सडक, खानेपानी व्यवस्थापन तथा शैक्षिक गुणस्तरलाई प्राथमिकतामा राखेका छन ।









