बाम राप्रपा संयुक्त चुनावी अभियान बानपा–१२ मा

बागलुङ, २२ बैशाख
बागलुङ नगरपालिका–१२ मा बाम राप्रपा संयुक्त चुनावी भेला शुक्रबार सम्पन्न भएको छ ।
बानपा–१२ अमलाचौरमा भएको भेलाले २०७ मुख्य चुनाव परिचालक कमिटी, २०७ युवा परिचालक समिति, १०५ महिला परिचालन र १०१ दलित परिचालन कमिटी गठन गरेको छ ।


बानपा–१२ान नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र राप्रपाबीचको चुनावी एकता भएको छ । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष कृष्ण पाठक, प्रदेश नम्बर ४ का सदस्य डा.सूर्य पाठक, जिल्ला सचिवालय सदस्य धनबहादुर परियार, माओवादी केन्द्रका केन्द्रीय सदस्य पदमनाथ शर्मा, इन्द्र पाठक, राष्ट्रिय जनमोचाका लोकनाथ शर्मा, एमाले जिल्ला कमिटी सदस्य सुजन परियार, तुलबहादुर परियार लगायतले बोल्नुभएको थियो ।
सो अवसरमा अधिवक्त राजु गौतम र हरि शर्माले मतदान प्रक्रियाबारे जानकारी दिनुभएको थियो ।
कार्यक्रम धनश्याम विकको अध्यक्षता, गुरुदक्त पाठकको स्वागत र जीवन शर्माको संचालनमा सम्पन्न भएको थियो ।