
बागलुङ, २१ बैशाख
बागलुङ नगरपालिका वडा नम्बर ७ मा बिहीबार नेकपा एमालेको भातृ संगठन युवा संघ गठन गरिएको छ ।
बानपा ७ मा रहेका एमाले समर्थक युवाहरुको भेलाले प्रकाश गैरेको अध्यक्षतामा ११ सदस्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा रविन किसान, सचिवमा मिलन कार्की लोकेन्द्र, सहसचिवमा दिनेश गैरे र कोषाध्यक्षमा शिव बर्देवा रहनुभएको छ ।
संघको सदस्यहरुमा शंकर न्यूरे, टिकाराम शर्मा, गोविन्द किसान, पवित्रा केसी, शारदा गैरे, विष्णु किसान र खिम बहादुर किसान रहनुभएको युवा संघ बागलुङका जिल्ला सचिवालय सदस्य दिपेन्द्र पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रमा नेकपा एमालेका क्षेत्रीय सदस्य महेन्द्र शर्माले अब देश तथा गाउँको विकास गर्नको लागि बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा एमालेका सम्पूर्ण उम्मेदवारहरुलाई जिताउनु पर्ने बताउनुभएको थियो ।
कार्यक्रममा बा.न.पा. ७ बाट दलित महिला पदमा उम्मेदवार देविमाया विश्वकर्मा र युवा संघ बागलुङका जिल्ला सचिवालय सदस्य दिपेन्द्र पोडेलले आफ्नो भनाई राखेका थिए ।
बरुण गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन हरि गौतम र स्वागत दिपेन्द्र पोडेलले गर्नु भएको थियो ।









