बागलुङ नगरको मेयरमा १ स्वतन्त्र सहित ५ जनाको उमेदवारी दर्ता

बागलुङ, १९ बैशाख
करिव २० वर्ष पछि हुन लागेको स्थानीयत तह निकायको निर्वाचनको चुनावी कार्यक्रम अन्तर्गत मंगलबार जिल्लाभर निकै तामझामको साथ विभिन्न पार्टीका उमेदवारहरुले उमेदवारी दर्ता गराएका छन ।
तत्कालिन धौलागिरी अंचल सदरमुकाम रहेको बागलुङ नगरपालिकाको निर्वाचन यस पटक सर्वाधिक चासोको विषय बनेको छ । संघीय संरचना अनुसार पहिलो पटक हुन लागेको निर्वाचनमा साविकको नगरपालिकाको क्षेत्र विस्तार भएको छ ।
नगरपालिकाको क्षेत्र विस्तारसँगै ठूला राजनीतिक दल नेपाली काग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले विगतमा आफ्नो पकट मान्ने तत्कालिन गाउँविकास समिति नगरपालिमा समावेश हुँदा निर्वाचन रोचक हुन अनुमान गरिएको छ ।
निर्वाचन पछि बन्ने संरचना अधिकार सम्पन्न बन्ने भएकाले पनि स्थानीय निकायको निर्वाचनमा उमेदवारलाई निकै महत्वका साथ हेरिएको छ । बागलुङ नगरपालिकाको क्षेत्र विस्तारसँगै १४ वडामा विभाजन भएको छ ।
नगरपालिकाको मेयरको लागि नेपाली कांग्रेसले बसन्त कुमार श्रेष्ठ र उपमेयरमा शकुन्तला शर्माको उमेदवारी दर्ता गराएको छ । यस्तै नेकपा एमाले, जनमोर्चा र राप्रपाको संयुक्त प्यानलबाट मेयरमा जनक पौडेल, उपमेयरमा सुरेन्द्र खड्काले उमेदवारी दिएका छन् ।
यस्तै नेकपा माओवादीबाट मेयरमा कुशुम बुढा र उपमेयरमा निर्मल कुमार श्रेष्ठले उमेदवारी दर्ता गराएका छन् ।
नगरपालिकाको मेयरको लागि नयाँ शक्ति र संघिय समाजवादी विच तालमेल गरी नगरपालिकाको मेयरमा संघिय समाजवादीका रेशम थापा र उपमेयरमा तारा शर्माले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै मेयरको लागि वडा नं. ६ की साविक लहरेपिपलकी तारा सापकोटाले पनि स्वतन्त्र तर्फबाट उमेदवारी दर्ता गराएकी छिन् ।
नेपाली काग्रेसको तर्फबाट बानपा–१ को अध्यक्षमा प्रकास आचार्य, २ मा सुरेन्द्र बोसेल, ३ मा जितबहादुर कार्की, ४ मा हरि जिसी, ५ मा फूलप्रसाद सापकोटा, ६ मा बालकृष्ण सापकोटा, ७ मा दिलबहादुर पराजुली, ८ मा छमबहादुर कार्की, ९ मा राजु थापा, १० मा दलबहादुर थापा, ११ मा ज्ञानेन्द्र गौतम, १२ मा कोपिलामणी शर्मा, १५ मा नारायण शर्मा पौडेल र १६ मा चक्रबहादुर खत्रीले उमेदवारी दिनुभएको छ ।
नेकपा एमालेको तर्फबाट बानपा–१ मा दुर्गा बोहरा, २ मा जीवन आचार्य, ३ मा संयुक्त प्यानलको तर्फबाट लक्ष्मी वास्कोटा, ४ मा धुर्व केसी, ५ मा खिमराज सापकोटा, ७ मा खगराज पाण्डे, ८ मा राजिन जिसी, ९ मा गणेश थापा, १० मा प्रेमबहादुर थापा, ११ मा दलबहादुर पुन, १२ मा गुरुदक्त पाठक, संयुक्त प्यानलबाट प्रेमबहादुर रोका र भूमिराज शर्माले उमेदवारी दिनुभएको छ ।
त्यस्तै माओवादी केन्द्रको तर्फबाट बानपा–१ मा रामबहादुर केसी, २ मा बद्रीनारायण शर्मा, ३ मा रतन मलेपति, ४ मा कृष्णबहादुर जिसी, ६ मा कविराम किसान, ७ विकास विक, ८ मा टोपबहादुर खडका, १२ मा जीवन शर्मा, १३ मा रेशमबहादुर क्षत्री र १४ मा धुर्व परियारले उमेदवारी दिनुभएको बताइएको छ । माओवादी केन्द्रले बानपा ५, ९, १० र ११ मा अध्यक्षको उमेदवारी दिएको छैन ।
स्थानीय रुपमा चुनावी तालमेल भएको कारण अध्यक्षमा उमेदवारी नदिएको माओवादी केन्द्रका शिखर थापाले जानकारी दिनुभभयो । यस्तै स्वतन्त्र रुपमा बा.न.पा. ३ को अध्यक्ष दिनेश पन्तले उमेदवारी दर्ता गराएका छन् ।
निर्वाचन कार्यालयका अनुसार उमेदवारी दर्ता गराएका उमेदवारहरुले आफ्नो नाम फिर्ता लिन चाहेमा २१ गते भित्र फिर्ता लिन सक्ने जनाएको छ ।