काँठेखोला गाउँपालिकाको अध्यक्षको लागि ३ जनाको उमेदवारी दर्ता

बागलुङ, १९ बैशाख
जिल्ला राजनीतिमा निर्णय भूमिका राख्ने काठेखोला गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा होमबहादुर हमाल, उपाध्यक्षमा ज्ञानकुमारी श्रीस, नेकपा एमालेको तर्फबाट अध्यक्षमा अमर थापा, उपाध्यक्षमा अन्जु जिसी, संयुक्त प्यानलबाट अर्जुन खत्री, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा लिलाराम सुनार र उपाध्यक्षमा लक्ष्मी खडकाले उमेदवारी दिनुभएको छ ।
काठेखोला गाउँपालिका–१ मा नेपाली काग्रेसबाट वडा नम्बर १ मा खडक थापा, २ मा प्रकाशमान थापा, ३ मा नरेन्द्र भण्डारी, ४ मा केशव थापा, ५ मा शिव कँडेल, ६ मा भुवानी कँडेल, ७ मा नारायण कार्की, र ८ मा डिलबहादुर छन्त्यालले उमेदवारी दिनुभएको छ ।

त्यस्तै नेकपा एमालेले वडा नं. १ मा चन्द्रकला थापा, २ मा विद्यापति शर्मा, ३ मा यामबहादुर श्रीस, ४ मा लिला थापा, ५ मा परमानन्द कँडेल, ६ मा युक्त कँडेल, ७ मा प्रेम लामिछाने र ८ चित्रकला छन्त्याल श्रीसले उमेदवारी दिनुभएको छ ।

त्यसैगरी, माओवादी केन्द्रले वडा नम्बर १ मा टिकाबहादुर थापा, २ मा कलाधर गौतम, ३ मा हिराबहादुर भण्डारी, ४ मा खडक बहादुर पुन, ५ मा नन्दराम विक, ६ मा देवीलाल कँडेल, ७ मा पवित्रा थापा र ८ मा जितबहादुर विकले उमेदवारी दिएको बताइएको छ ।