बागलुङमा बाम तालमेल हुने, आज घोषणा हुँदै

बागलुङ, १७ बैशाख
बागलुङका बामपन्थी दलहरुको लामो छलफल पछी बागलुङ जिल्लामा क्रियाशील बाम दलहरु आसन्न स्थानीय तहको निर्वाचनमा एक भएर जाने सहमति नजिक पुगेका छन् । कुनै बिग्रह नपरे आज कुनै पनि समय बाम एकताको घोषणा हुने श्रोतको दाबी छ ।

बागलुङ जिल्लाका चार नगरपालिकाहरु मध्य बागलुङको मेयरमा एमाले, उमपेयरमा माओवादी केन्द्र, गल्कोटको मेयरमा माओवादी केन्द्र र उपमेयरमा एमाले, जैमिनी र ढोरपाटनको मेयरमा राष्ट्रिय जनमोर्चा र उपमेयरमा क्रमश एमाले र माओवादी केन्द्रलाई दिने सहमति भएको बुझिएको छ ।

यसैगरी काठेखोला र बडीगाड गाउपालिकाको प्रमुखमा एमाले, निसीखोला, ताराखोला र तमानखोला गाउपालिकाको प्रमुखमा माओवादी केन्द्र र बरेङ गाउपालिकाको प्रमुखमा राष्ट्रिय जनमोर्चालाई दिने सहमति भएको बामबृत्तमा चर्चा छ ।

यस अघी नेपाली काँग्रेस र माओवादी केन्द्रवीच केहि नगर र गाउपालिकामा सहमति भएको समाचार प्रकाशमा आएको थियो । पछिल्लो समय तीन बाम दलवीच चुनावी तालमेल बनेपछी काँग्रेर र माओवादी केन्द्रवीचको गठजोड बेकार हुने स्पष्ट भएको छ ।

एमाले र जनमोर्चाले आफना उमेदवारहरुको नाम यसअघिनै सार्वजनिक गरिसकेको छ भने माओवादी केन्द्रबाट को, को उमेदवार हुने भन्ने आज घोषणा हुनसक्ने समाचार श्रोतको दाबी छ ।